इरानका संवेदनशील क्षेत्रमा आक्रमण, तर जोखिम न्यून « Khabarhub

इरानका संवेदनशील क्षेत्रमा आक्रमण, तर जोखिम न्यून


१४ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका अनुसार इरानका खोनदाब र खुजेस्तानस्थित संयन्त्रहरूमा भएको आक्रमणपछि कुनै पनि विकिरण जोखिम देखिएको छैन ।

निकायले इरानको जानकारीअनुसार केन्द्रीय क्षेत्रमा रहेको खोनदाबको भारी पानी उत्पादन केन्द्रमा आक्रमण भएको थियो । उक्त केन्द्रमा घोषणा गरिएको कुनै आणविक सामग्री नभएको र त्यहाँबाट कुनै विकिरण जोखिम नदेखिएको बताइएको छ।

त्यस्तै, खुजेस्तान प्रान्तमा रहेको इस्पात उत्पादन गर्ने उद्योगमा पनि आक्रमण भएको जानकारी दिइएको छ । उक्त उद्योगमा औद्योगिक मापनका लागि बन्द रेडियोधर्मी स्रोतहरू प्रयोग गरिन्छ । निकायले उक्त स्थानबाट बाहिर कुनै विकिरण फैलिएको पुष्टि नभएको जनाएको छ।

यी आक्रमणहरू फागुन १६ गतेदेखि सुरु भएको अमेरिका–इजरायल–इरानबीचको करिब एक महिनादेखि जारी द्वन्द्वका क्रममा भएका हुन् । हालसम्म ती पक्षहरूबीच भीषण सङ्घर्ष जारी रहे पनि युद्धविरामतर्फ कुनै ठोस प्रगति भएको छैन ।
 

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  २ : ३७ बजे

बाढी प्रभावित क्षेत्रमा रोग फैलने आशंकामा सरकारले थाल्दै खोप अभियान

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रहरूमा फैलिन

पहिरोले किम्रुङ खोला थुनियो, पर्वत र कास्कीमा अलर्ट जारी

काठमाडौँ । पहिरो जाँदा पर्वतस्थित किम्रुङ खोला थुनिएको छ भने

माइतीघरमा जलेर घाइते युवतीको वीर अस्पतालमा उपचार जारी

काठमाडौँ- काठमाडौँको माइतीघरमा मंगलबार साँझ आफैलाई आगो लगाएर घाइते भएकी

जेनजी सहिद परिवारद्वारा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याण सम्मानित

काठमाडौं । जेनजी सहिद परिवारको संस्था ‘जेनजी सहिद परिवार कल्याणकारी

कांग्रेस विधान मस्यौदा समितिमा थप चार सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसले विधान मस्यौदा समितिमा चार जना सदस्य र