देउवा नेतृत्वको कांग्रेसले भन्यो – ओली र लेखकलाई तत्काल रिहा गरियोस् « Khabarhub

देउवा नेतृत्वको कांग्रेसले भन्यो – ओली र लेखकलाई तत्काल रिहा गरियोस्


१४ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


987
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको समूहले पार्टीका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री रमेश लेखक र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएको छ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नाममा शनिबार जारी विज्ञप्तिमा दुवैलाई तत्काल रिहाइको माग गरिएको छ।

देउवा पक्षीय कांग्रेसले सरकारद्वारा दुवै नेतालाई राजनीतिक प्रतिशोधको उद्देश्यले पक्राउ गरी अवैध हिरासतमा राखिएको आरोप लगाएको छ।

संविधान र प्रचलित कानूनविपरीत भएको भन्दै देउवा पक्षीय कांग्रेसले उक्त कदमको भर्त्सना गरेको छ।

सुशीला कार्की नेतृत्वको सरकारले गठन गरेको गौरीबहादुर कार्की आयोगको सिफारिसको आधारमा गरिएको भनिएको कारबाहीले गम्भीर संवैधानिक र कानुनी प्रश्न उठाएको खड्काले बताएका छन्।

आयोगको प्रतिवेदनमा अनुसन्धान र अभियोजनका लागि सिफारिस गरिएको भए पनि आवश्यक प्रक्रिया पूरा नगरी तत्काल पक्राउ गर्नु कानुनी राज्यको सिद्धान्तविपरीत भएको उनको दाबी छ।

विज्ञप्तिमा आयोगले भदौ २३ र २४ दुवै दिनका घटनाको छानबिन गर्नुपर्ने भए पनि भदौ २४ का घटनाबाट भएको मानवीय तथा भौतिक क्षतिबारे मौन बसेको भन्दै प्रतिवेदन पक्षपातपूर्ण भएको उल्लेख गरिएको छ।

सरकार गठन भएलगत्तै गरिएको यस्तो कदमले सरकार संविधान र लोकतन्त्रप्रति प्रतिबद्धताबाट पछि हटेको देखिएको कांग्रेसको निष्कर्ष छ।

यसका साथै कांग्रेसले संवैधानिक, कानुनी र राजनीतिक रूपमा उक्त कदमको प्रतिवाद गर्ने निर्णय गरेको जनाएको छ।

देशभरका पार्टी कार्यकर्तालाई सम्भावित परिस्थितिको सामना गर्न तयार रहन पनि कांग्रेसले अपिल पनि गरिएको छ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ६ : १९ बजे

एट्लान्टिकको जोखिमपूर्ण यात्रामा अलपत्र एक हजारभन्दा बढी आप्रवासीको उद्धार

एजेन्सी– युरोप पुग्ने प्रयासमा एट्लान्टिक महासागरको जोखिमपूर्ण मार्ग हुँदै यात्रा

मिराज भन्छन् : यो सरकारलाई केही समय कुर्छौँ, नभए थर्ड पोलको तयारीमा लाग्छौँ

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले वालेन्द्र शाह नेतृत्वको वर्तमान

एभरेष्ट भ्यू ट्रेल रेसलाई अन्तर्राष्ट्रिय मान्यता, आईटीआरएबाट ३ पोइन्ट

सोलुखुम्बु- माप्य दुधकोशी गाउँपालिकामा आयोजना हुँदै आएको ‘एभरेष्ट भ्यू ट्रेल रेस’

‘यो सरकारले कार्यकाल पूरा गर्दा जनता निराश भइसक्छन्, कार्यशैली सुधारोस्’

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा उपार्जुङ चाम्लिङले वर्तमान सरकारले सबै पक्षलाई

आफ्नै शरीरमा आगो लगाएकी महिलालाई वीर अस्पताल लगियो

काठमाडौं- राजधानीमा आत्मदाहको प्रयास गरेकी महिलालाई उपचारका लागि वीर अस्पताल