दुबईस्थित युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीलाई निशाना बनाएको इरानी दाबी « Khabarhub

दुबईस्थित युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीलाई निशाना बनाएको इरानी दाबी


१४ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानको सेनाले संयुक्त अरब इमिरेट्स (युएई)मा रहेको युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीेलक्षित आक्रमण गरिएको शनिबार बताएको छ । “दुबईमा लुकेका अमेरिकी कमान्डर र सैनिकलाई सहयोग गर्न युएईको राजधानीमा तैनाथ युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीेको स्टेसन इरानी निशानामा परेको इरानी सेनाको केन्द्रीय ‘अपरेशनल कमान्ड’ खातम अल–अनबियाले सरकारी टेलिभिजनमार्फत प्रसारण गरेको विज्ञप्तिमा भनिएको छ ।

यसअघि शनिबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त अरब इमिरेट्सको अघोषित भ्रमणका क्रममा दुई देशबीच रक्षाका क्षेत्रमा सहकार्य गर्ने सहमति भएको बताएका थिए । जेलेन्स्कीको साउदी अरब भ्रमणका क्रममा युक्रेन र साउदी अरबबिच हवाई प्रतिरक्षा सम्झौतामा हस्ताक्षर भएको दुई वरिष्ठ अधिकारीले शुक्रबार एएफपीसँग बताएका थिए ।

जेलेन्स्कीले यही महिनाको सुरुमा करिब २०१ युक्रेनी ड्रोन प्रतिरोधी प्रणाली हेर्ने सैन्य विशेषज्ञहरू युएई, कतार, साउदी अरब र कुवेतलाई मद्दत गर्न मध्य पूर्वमा जान लागेको बताएका थिए । फेब्रुअरी २८ मा युद्ध सुरु भएदेखि नै इरानले खाडीमा इजरायल र अमेरिकी चासोविरुद्ध आक्रमण जारी राखेपछि यो घोषणा भएको हो ।

इरानले आफ्ना खाडी छिमेकीहरूलाई अमेरिकी सेनालाई उनीहरूको भूमिबाट आक्रमण गर्न अनुमति दिएको आरोप लगाउँदै आएको छ, तर खाडी राष्ट्रहरूले बारम्बार आरोपको खण्डन गर्दै आएका छन् । उनीहरूले युद्धअघि पनि इरानमाथि आक्रमण गर्न आफ्नो क्षेत्र वा हवाई क्षेत्र प्रयोग गर्न नदिने बताएका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ६ : ४४ बजे

गौरीबहादुर कार्की निवासमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन

काठमाडौं – भदौ २३ र २४ गते भएका घटनाको छानबिनका

युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीमा आक्रमण भएको छैन : युक्रेन

किएभ – शनिबार तेहरानले अमेरिकी सेनालाई सहयोग गर्न प्रयोग गरिएको

गौरीबहादुर कार्कीलाई सेनाको ब्यारेकमा राख्ने तयारी

काठमाडौं- भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि

इरानी राष्ट्रपतिद्वारा पाकिस्तानी मध्यस्थताको प्रशंसा

तेहरान- इरानका राष्ट्रपति मसुद पेजेश्कियानले अमेरिका र इजरायलसँगको युद्ध रोक्नका