कैफियत देखिएपछि दुई फर्मलाई दुई लाख रुपैयाँ जरिवाना « Khabarhub

कैफियत देखिएपछि दुई फर्मलाई दुई लाख रुपैयाँ जरिवाना


१५ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम अनुगमनका क्रममा कैफियत देखिएपछि वेष्ट सपिङ सेन्टर ठमेललाई दुई लाख पाँच हजार बराबरको जरिवाना गरेको हो ।

यस्तै, कान्तिपुर क्याफे एपयरपोर्टलाई पनि दुई लाख पाँच हजार रुपैयाँ जरिवाना गरेको छ । हेभन ह्याण्डिक्राफ्ट २६ ठमेल र गुडलक ट्रेकिङ सप ठमेलाई व्यवसायसँग सम्बन्धित कागजात लिएर विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

विभागले सोमबार ४७ वटा फर्ममा अनुगमन गरेकोमा ४३ वटालाई भने सुधारात्मक निर्देशन दिएको छ ।

उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको उपस्थितिमा विभागले नियमित रूपमा अनुगमन गर्दै आएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  ६ : ५३ बजे

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका

दुई घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

चितवन – पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्ड दुई

आर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच आज छलफल हुँदै

काठमाडौँ – अर्थतन्त्रका पछिल्ला समस्या पहिल्याउन र समाधानका उपाय पहिल्याउन

जनकपुरको पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम – जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर

समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आज कांग्रेसको पत्रकार सम्मेलन

काठमाडौँ – नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयवस्तुमा पार्टीको आधिकारिक धारणा