नक्कली नोट देखाएर ठगी गर्ने ६ जना पक्राउ « Khabarhub

नक्कली नोट देखाएर ठगी गर्ने ६ जना पक्राउ


१५ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नक्कली नोटलाई सक्कली भन्दै ठगी गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनीहरूलाई आइतबार कीर्तिपुर नगरपालिका–६ पाण्डेछापबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बारा बस्ने ३८ वर्षीय मिलनकुमार तामाङ, काठमाडौँ दक्षिणकाली नगरपालिका–७ का २६ वर्षीय योगबहादुर तामाङ र ३६ वर्षीय भविन्द्रकुमार तामाङ रहेका छन् । त्यस्तै, चितवन रत्ननगर नगरपालिका–५ का ३४ वर्षीय प्रवीण महतो, रौतहट गुजरा नगरपालिका–१ की २८ वर्षीया मुना धामी र चितवन कालिका नगरपालिका–५ का ३८ वर्षीय सत्यनारायण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार उनीहरूले काठमाडौँका विभिन्न स्थानमा ‘सक्कली जस्तै देखिने नक्कली नोट सजिलै साट्न वा प्रयोग गर्न सकिने’ भन्दै सर्वसाधारणलाई प्रलोभनमा पार्ने गरेका थिए । उनीहरूले सक्कली मुद्राभन्दा दुई गुणा बढी नक्कली मुद्रा सटही गरिदिने भन्दै पीडितलाई झुक्याएर ठगी गरेको सूचना प्रहरीले पाएको थियो ।

पक्राउ परेका ६ जनालाई नै थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  ११ : १९ बजे

नेपालगञ्जको इँटा भट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा

सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध, पन्छाउन समय लाग्ने

काठमाडौँ – मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत सिमलताल नजिकै पहिरो खस्दा सडक

वस्तु खरिद-बिक्रीमा अनिवार्य बिल लिन-दिन सरकारको ताकेता

काठमाडौँ – आन्तरिक राजस्व विभागले वस्तु तथा सेवाको खरिद–बिक्री गर्दा

आजको मौसम पूर्वानुमान : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

‘बजारमा ग्यासको हाहाकार : सरकार भन्छ, ‘आपूर्ति सहज छ’

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने