उपल्लो मुस्ताङका नयाँ पुस्तालाई ‘स्याब्रो र टुङ्ना’ बजाउने तालिम « Khabarhub

उपल्लो मुस्ताङका नयाँ पुस्तालाई ‘स्याब्रो र टुङ्ना’ बजाउने तालिम


१५ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ स्थित चराङमा नयाँ पुस्तालाई परम्परागत सांस्कृतिक नृत्य स्याब्रो र टुङ्नाबाजा बजाउने प्रशिक्षण दिइएको छ ।

‘ज्येष्ठ नागरिकमा रहेको परम्परागत ज्ञान सीप र अनुभव अन्तर पुस्ता हस्तान्तरण’ कार्यक्रमअन्तर्गत लोघेकर दामोदरकुण्ड–१ चराङ गाउँका नयाँ पुस्तालाई परम्परागत सांस्कृतिक नाच स्याब्रो र टुङ्ना बाजाको प्रशिक्षण दिइएको हो । 

गण्डकी प्रदेश सरकार, उद्योग तथा पर्यटन मन्त्रालय र सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको एकीकृत सेवा कार्यालय मुस्ताङले सोमबार परम्परागत ज्ञान सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रमको समन्वय लोघेकर दामोदरकुण्ड गाउँपालिकाले गरेको थियो ।
 
स्थानीय लोपोन्मुख अवस्थामा रहेको स्थानीय सांस्कृतिक नाच स्याब्रो र टुङ्ना बाजालाई संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्ने उद्देश्यले अन्तर पुस्ता ज्ञान सीप र अनुभव हस्तान्तरण कार्यक्रम आयोजना गरिएको एकीकृत सेवा कार्यालयका प्रमुख निरपति दर्जीले जानकारी दिए । 

उक्त कार्यक्रममा चराङ मानेपेमे आमा समूहका ज्येष्ठ नागरिकले चराङ गुम्बा विद्यालय र आनी गुम्बा विद्यालयका  विद्यार्थीलाई परम्परागत नाच स्याब्रो नाच्ने कलाको प्रशिक्षण गराइएको छ । त्यसैगरी परम्परागत टुङ्ना बाजाको प्रशिक्षण स्थानीय ज्येष्ठ नागरिक टैआङ्गे गुरुङले गरेका थिए ।

सदियौँ वर्षदेखि सांस्कृतिक धरोहरका रूपमा रहेको स्याब्रो नाच र परम्परागत बाजा टुङ्ना उपल्लो मुस्ताङको मौलिक संस्कृति रहेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले उल्लेख गरे । माथिल्लो मुस्ताङको महत्त्वपूर्ण चाडपर्वमा यसप्रकारको स्याब्रो नाच देखाइने गरिएको उनको भनाइ छ ।

‘स्याब्रो र टुङ्ना बाजा चाडपर्वमा देखाइने गरिन्छ, यसप्रकारको परम्पराले यहाँको मौलिक कला, संस्कृतिलाई जीवन्त राखेको छ’, अध्यक्ष विष्टले भने, ‘पछिल्लो समय नयाँ पुस्ता विदेश पलायन हुने र गाउँघरमा भएका युवाले पनि आधुनिकतालाई पछ्याउँदै संस्कृति जोगाउन मुस्किल परेको छ ।’

उपल्लो मुस्ताङमा बर्सेनि मनाइने यार्तुङ पर्व, तिजी पर्व र धज्याङ पर्वलगायत सांस्कृतिक चाडपर्वमा स्याब्रो नाच र टुङ्ना बाजा बजाउने प्रचलन छ । 

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  १ : १४ बजे

नेपालगञ्जको इँटा भट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा

सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध, पन्छाउन समय लाग्ने

काठमाडौँ – मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत सिमलताल नजिकै पहिरो खस्दा सडक

वस्तु खरिद-बिक्रीमा अनिवार्य बिल लिन-दिन सरकारको ताकेता

काठमाडौँ – आन्तरिक राजस्व विभागले वस्तु तथा सेवाको खरिद–बिक्री गर्दा

आजको मौसम पूर्वानुमान : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

‘बजारमा ग्यासको हाहाकार : सरकार भन्छ, ‘आपूर्ति सहज छ’

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने