खड्काले बोलाएको बैठकमा गएनन् डा. शेखर र उनीनिकट नेताहरू « Khabarhub

खड्काले बोलाएको बैठकमा गएनन् डा. शेखर र उनीनिकट नेताहरू


१५ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले मंगलबार धुम्बाराहीमा बोलाएको भेलामा नेता डा. शेखर कोइराला समूह सहभागी भएको छैन।

देउवा समूहका नेता एवम् निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाराजगञ्जस्थित स्मार्ट होटलमा १४ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य तथा जिल्ला सभापतिहरूको बैठक राखेका छन् ।

तर उक्त भेलामा शेखर समूहका नेताहरू नगएका हुन्। खड्काले डा. शेखर कोइरालालाई यसबारे जानकारी गराए पनि उनी र उनको समूहका नेताहरू कोही पनि सहभागी नभएका हुन् ।

डा. कोइरालाले आफू उक्त भेलामा नआउने जानकारी खड्कालाई दिएका थिए । यसअघि पनि उनले पार्टी एकतालाई जोगाइरहन भन्दै खड्का समूहको भेलामा नजाने बताइसकेका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  १ : ३५ बजे

६ करोड ५० लाख पाउन्डमा रोड्री बार्सिलोना जाने पक्का, चार वर्षको सम्झौता हुँदै

काठमाडौँ – स्पेनिस क्लब बार्सिलोनाले म्यानचेस्टर सिटीका कप्तान तथा स्पेनिस

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर