सरकारविरुद्ध सडकमा विद्यार्थी, देशभरका क्याम्पसमा विरोध चर्काउने तयारी « Khabarhub

सरकारविरुद्ध सडकमा विद्यार्थी, देशभरका क्याम्पसमा विरोध चर्काउने तयारी


१५ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

कीर्तिपुर– विद्यार्थी युनियन खारेज गर्ने सरकारको तयारीविरुद्ध विभिन्न विद्यार्थी सङ्गठनहरूले त्रिभुवन विश्वविद्यालय परिसरमा विरोध प्रदर्शनसहित मार्च पास गरेका छन् ।

सरकारको शासकीय सुधारका काममा विद्यार्थी संगठन खारेज गर्ने बुँदा पनि समावेश भएपछि आन्दोलनरत संयुक्त विद्यार्थी संगठनले मंगलबार विरोध प्रदर्शनसहित मार्च पास गरेका हुन् ।

विश्वविद्यालयमा रहेका स्ववियु तथा विद्यार्थी संगठनहरूको अस्तित्व समाप्त पार्ने गरी चालिएको कदम स्वीकार्य नहुने उनीहरुले जनाएका छन् ।

उनीहरूले विद्यालय शिक्षा विधयेक खोइ, विश्वविद्यालयमा प्रहरी होइन, प्राध्यापक पठाउ, स्ववियु खारेज गर्न पाइँदैन, विश्वविद्यालयको स्वायतता सुनिश्चितता गर लगाएतका प्लेकार्ड प्रदर्शन गर्दै नाराबाजी गरे ।

त्यस्तै उनीहरूले बढ्दो महङ्गी नियन्त्रण गर्नुपर्ने, शैक्षिक संस्थाहरुलाई व्यारेकीकरण गर्ने अभ्यास बन्द गर्नुपर्ने, मेरिटोक्रेसी लागू गर्नुपर्ने र विद्यार्थीलाई यातायातमा दिइँदै आएको ४५ प्रतिशत भाडा छुट कायम गर्नसमेत माग गरेका छन् ।

अखिल (क्रान्तिकारी)का उपाध्यक्ष मदन ढकालले विद्यार्थी युनियन खारेज लगायतका निर्णय फिर्ताको माग राख्दै आफूहरू निरन्तर आन्दोलनमा रहेको बताए । सरकारले माग नसुने कडा आन्दोलनको घोषणा गरेर अघि बढ्ने चेतावनी उनले दिए ।

उनले विद्यार्थी युनियन खारेज गर्ने सरकारको तयारीविरुद्ध आगामी दिनमा स्ववियुको माध्यमबाट सबै क्याम्पसमा विरोधका कार्यक्रमको आयोजना गरिने बताए ।

ढकालले मुलुकको हरेक परिवर्तनमा अग्रणी भूमिका रहेका विद्यार्थी संगठनलाई खारेज गर्ने निर्णयले सरकारलाई नै समस्यामा पार्न सक्ने समेत उल्लेख गरे।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  २ : १८ बजे

६ करोड ५० लाख पाउन्डमा रोड्री बार्सिलोना जाने पक्का, चार वर्षको सम्झौता हुँदै

काठमाडौँ – स्पेनिस क्लब बार्सिलोनाले म्यानचेस्टर सिटीका कप्तान तथा स्पेनिस

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर