खाताबाट २० हजार झिक्न नदिएपछि बहिनीको कंकाल नै बोकेर बैंकमा पुगे वृद्ध « Khabarhub

खाताबाट २० हजार झिक्न नदिएपछि बहिनीको कंकाल नै बोकेर बैंकमा पुगे वृद्ध


१५ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


612
Shares
  • change font
  • change font
  • change font

ओडिशा (भारत) – ओडिशा राज्यको क्योन्झर जिल्लामा सोमबार अचम्म लाग्दो घटना सार्वजनिक भएको छ। आदिवासी युवक जितु मुन्डा आफ्नी मृत बहिनीको कंकाल बोकेर बैंक पुगेपछि त्यहाँ भागभाग भएको छ।

जितु मुन्डा आफ्नी बहिनी कालरा मुन्डाको खाताबाट २० हजार रुपैयाँ झिक्न पटक–पटक बैंक पुगेका थिए। तर बैंकका कर्मचारीहरूले खातावालालाई नै उपस्थित गराउनुपर्ने बताएपछि उनी निराश भए ।

दैनिक भास्कर अनलाइनका अनुसार उनले बहिनीको मृत्यु भएको जानकारी पहिल्यै दिए पनि बैंकबाट कुनै सहयोग नपाएको गुनासो गरेका छन् ।

यसपछि उनले चिहानबाट बहिनीको कंकाल निकाले। त्यसपछि काँधमा बोकी करिब ३ किलोमिटर पैदल हिँडेर बैंकसम्म पुर्‍याए। उनले मल्लिपसीस्थित ओडिशा ग्रामीण बैंकको शाखा परिसरमा कंकाल राखेपछि त्यहाँ रहेका कर्मचारी र सेवाग्राही अचम्ममा परे।

कंकाल देखेपछि बैंक कर्मचारीहरूले प्रहरी बोलाए। प्रहरीका अनुसार जितु अशिक्षित रहेका र कानुनी प्रक्रिया, जस्तै नोमिनी वा कानुनी हकदारबारे जानकारी नभएको बताइएको छ।

स्थानीय प्रहरी प्रमुख किरण प्रसाद साहुले बैंकले पनि मृत व्यक्तिको खाताबाट रकम निकाल्ने प्रक्रिया स्पष्ट रूपमा नबुझाएको बताएका छन्।

प्रशासनले अब आवश्यक प्रक्रिया पुर्‍याएर रकम निकाल्न सहयोग गर्ने आश्वासन दिएको छ। प्रहरीको उपस्थितिमा कंकाललाई पुनः चिहानमै गाडिएको छ।

जितु मुन्डाकी बहिनी कालरा मुन्डाको मृत्यु सन् २०२६ जनवरी २६ मा भएको थियो। उनको खातामा नोमिनीका रूपमा रहेका पति र छोराको समेत मृत्यु भइसकेकाले उक्त रकममा दाबी गर्ने एकमात्र व्यक्ति जितु नै थिए ।

आर्थिक अवस्था कमजोर भएकाले उक्त रकम उनको जीवनयापनका लागि महत्वपूर्ण रहेको बताइएको छ।

यसअघि पनि भारतकै छत्तीसगढ राज्यको सरगुजा जिल्लामा सडक अभावका कारण परिवारले शव खाटमा बोकेर करिब ५ किलोमिटर पैदल लैजानु परेको घटना सार्वजनिक भएको थियो।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  २ : ३२ बजे

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगञ्ज– प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क क्षेत्रबाट

मधेस प्रदेशका ३४ स्थानीय तहमा करदाता सेवा विस्तार

जनकपुरधाम– मधेस प्रदेशका ३४ स्थानीय तहहरूमा करदाता सेवा विस्तार भएको

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ ।

लेदो प्रशोधन केन्द्र अपेक्षाअनुसार सञ्चालन भएन

झापा– मेचीनगर नगरपालिकाले करोडौँ रुपैयाँको लगानीमा निर्माण गरेका दुईवटा दिसाजन्य

मधेसमा ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु

जनकपुरधाम– कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम धनुषाले मधेस प्रदेश सरकारद्वारा