दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै « Khabarhub

दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै


१५ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

चितवन‍– यहाँका दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ । भरतपुर महानगरपालिका र माडी नगरपालिकाले स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्न लागेको हो । 

जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी मदन लामा थिङका अनुसार इलाका प्रशासन कार्यालय माडी र भरतपुर महानगरपालिका वडा नम्बर १ देखि १५ सम्मका बासिन्दाका लागि महानगरपालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण गर्न लागिएको हो । 

भरतपुर महानगरपालिका वडा नम्बर १६ देखि २९ सम्म र अन्य पालिकाका बासिन्दाका लागि भने जिल्ला प्रशासन कार्यालयबाटै राष्ट्रिय परिचयपत्र वितरण गरिने जनाइएको छ । 

त्यसैगरी प्रशासनमा बनेर आएका परिचयपत्रसमेत ती दुई ठाउँमा पठाइएको छ । इलाका प्रशासन कार्यालय माडीमा वितरणका लागि १० हजार कार्ड पठाइसकिएको छ । 

महानगरपालिका–१५ सम्मको ३६ हजार परिचयपत्र पठाइएको उनले जानकारी दिए । उनका अनुसार भरतपुर महानगरपालिकाबाट क्रमशः महानगरभित्रका सबै वडाको परिचयपत्र वितरण गरिने छ । 

गत भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनका क्रममा जल्न बाँकी रहेका परिचयपत्र वितरण गर्न लागिएको हो । प्रदर्शनपछि खिचिएका परिचयपत्रहरू अहिले नआएकाले पुराना परिचयपत्र वितरण गर्न लागिएको उनले बताए । 
 

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  ३ : ०२ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ २१ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ २१ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २१ गते आइतबार सन् २०२६

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई