बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार « Khabarhub

बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार


१५ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज– बाँकेमा आर्थिक वर्ष २०८२-८३ को अहिलेसम्म १५६ वटा विभिन्न वन्यजन्तुको उद्धार गरिएको छ । 

जैविक मार्ग आसपासमा बढेको बस्ती र गर्मी मौसममा पानीको खोजीमा भौतारिँदै हिँडेका वन्यजन्तुको उद्धार गरिएको डिभिजन वन कार्यालय बाँकेका वरिष्ठ वन अधिकृत सुशील सुवेदीले जानकारी दिए ।
 
उनले विगतका वर्षभन्दा चालु आवमा विभिन्न वन्यजन्तुको उद्धार गर्ने कार्यमा वृद्धि हुँदै गएको उल्लेख गर्दै चित्तल, निलगाईजस्ता वन्यजन्तु जैविक मार्ग क्षेत्र आसपास पानी खोज्दै हिँडेकोले र पुरानो बस्ती भएको क्षेत्र पुरानो जंगल क्षेत्रमा सर्प भएकाले पनि उद्धार गरिएको बताए। 

‘पछिल्लो समय सर्प मार्नु हुँदैन भन्ने चेतनाको विकास भएको छ, यो असाध्यै सकारात्मक विषय हो’, उनले भने । 

आव २०८१-८२ मा वन कार्यालयले विभिन्न प्रजातिका १३८ वटा वन्यजन्तुको उद्धार गरेको थियो । त्यसैगरी आव २०८०-८१ मा ९९, आव २०७९-८० मा ४२, आव २०७८-७९ मा ३१, आव २०७७-७८ मा ३४ र आव २०७६-७७ मा १७ वटा वन्यजन्तुको उद्धार भएको डिभिजन वन कार्यालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । यसले हरेक वर्ष उद्धार गरिने वन्यजन्तुको सङ्ख्यामा उल्लेख्य वृद्धि हुँदै गएको देखिएको छ । 

चालु आवको हालसम्म घाइते, टुहुरा, बाटो बिराई गाउँबस्तीमा प्रवेश गरेका तथा संकटमा परेका विभिन्न प्रजातिका १५६ वटा वन्यजन्तुको उद्धार गरिएको डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत सुवेदीले बताए । 

जिल्लाका नेपालगन्ज, कोहलपुर, खजुरालगायत स्थानबाट चित्तल, धामन, हुचिल, करेत, गोमन, सुनगोहोरो, गोही, पानीसर्प, राजगोमन, अजिंग्र, बँदेल, नीलगाई, रसेल भाइपर तथा कालो बिरालोलगायत वन्यजन्तुको उद्धार गरिएको वरिष्ठ वन अधिकृत सुवेदीले जानकारी दिए । 

उनका अनुसार सबैभन्दा बढी सर्प प्रजातिको उद्धार गरिएको छ । विभिन्न प्रजातिका १३४ वटा सर्पका उद्धार भएको हो । जसमध्ये ६८ वटा गोमन, २६ धामन, १९ करेत, अजिङ्गर नौवटा, सातवटा रसेल भाइपर, चारवटा पानीसर्प र एउटा राजगोमन रहेका छन् । त्यसैगरी गोही आठ, सुनगोहोरो चार, चित्तल चार, नीलगाई तीन र हुचिल, बँदेल तथा कालोबिरालो एक–एकवटा उद्धार गरिएको छ ।

उद्धार गरिएका वन्यजन्तुलाई बाँकेको विभिन्न राष्ट्रिय तथा सामुदायिक वनमा पुनर्स्थापना गरिएको उनले बताए। केही वन्यजन्तुलाई बाँके राष्ट्रिय निकुञ्जमा पठाइने गरिएको छ । 

घाइते वन्यजन्तुलाई डिभिजन वन कार्यालयमा राखेर आवश्यक औषधि उपचारपश्चात् पूर्ण रुपमा निको भएपछि मात्र जङ्गलमा पुनःस्थापना गरिँदै आइएको उनको भनाइ छ । 
 

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  ३ : १३ बजे

समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आज कांग्रेसको पत्रकार सम्मेलन

काठमाडौँ – नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयवस्तुमा पार्टीको आधिकारिक धारणा

रियाल म्याड्रिडमा भिनिसियसको भविष्य अन्योलमा, मोरिन्होको नेतृत्वमा प्रि-सिजन तयारी तीव्र

म्याड्रिड – स्पेनिस फुटबल क्लब रियाल म्याड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा

सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध, पन्छाउन समय लाग्ने

काठमाडौँ – मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत सिमलताल नजिकै पहिरो खस्दा सडक

वस्तु खरिद-बिक्रीमा अनिवार्य बिल लिन-दिन सरकारको ताकेता

काठमाडौँ – आन्तरिक राजस्व विभागले वस्तु तथा सेवाको खरिद–बिक्री गर्दा