मेलम्ची खानेपानी आयोजनालाई दिगो र सुरक्षित बनाउँछौँ : खानेपानीमन्त्री मेहता « Khabarhub

मेलम्ची खानेपानी आयोजनालाई दिगो र सुरक्षित बनाउँछौँ : खानेपानीमन्त्री मेहता


१५ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानीमन्त्री निशा मेहताले मेलम्ची खानेपानी आयोजनालाई दिगो र सुरक्षित बनाउन गम्भीर रुपमा छलफल भइरहेको बताएकी छन् ।  

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री मेहताले उपत्यकावासीलाई सहज रुपमा खानेपानी उपलब्ध गराउनका लागि निकै महत्त्वपूर्ण आयोजनाका रुपमा रहेको मेलम्चीलाई दिगो र सुरक्षित बनाउन पटक पटक छलफल भइरहेको बताएकी छन् ।  

मेलम्ची खानेपानी आयोजनामा अझै पनि केही समस्याहरू रहेकाले दीर्घकालीन समाधान खोजिने उनको भनाइ छ । मन्त्री मेहताले विभिन्न स्थानमा अलपत्र परेका खानेपानी आयोजनालाई पुरा गर्नका लागि मन्त्रालयले काम सुरु गरिसकेको उनको भनाइ छ । 

अलपत्र परेका आयोजनाहरूको निरन्तर अनुगमन भइरहेकाले आवश्यक बजेट व्यवस्थापन समेत गरिने उनको भनाइ छ । 

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  ५ : ३५ बजे

‘बजारमा ग्यासको हाहाकार : सरकार भन्छ, ‘आपूर्ति सहज छ’

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल साउन २० गते बुधबार सन् २०२६

आज २०८३ साल साउन २० गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २० गते बुधबार सन् २०२६

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो