मेलम्ची खानेपानी आयोजनालाई दिगो र सुरक्षित बनाउँछौँ : खानेपानीमन्त्री मेहता « Khabarhub

मेलम्ची खानेपानी आयोजनालाई दिगो र सुरक्षित बनाउँछौँ : खानेपानीमन्त्री मेहता


१५ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानीमन्त्री निशा मेहताले मेलम्ची खानेपानी आयोजनालाई दिगो र सुरक्षित बनाउन गम्भीर रुपमा छलफल भइरहेको बताएकी छन् ।  

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री मेहताले उपत्यकावासीलाई सहज रुपमा खानेपानी उपलब्ध गराउनका लागि निकै महत्त्वपूर्ण आयोजनाका रुपमा रहेको मेलम्चीलाई दिगो र सुरक्षित बनाउन पटक पटक छलफल भइरहेको बताएकी छन् ।  

मेलम्ची खानेपानी आयोजनामा अझै पनि केही समस्याहरू रहेकाले दीर्घकालीन समाधान खोजिने उनको भनाइ छ । मन्त्री मेहताले विभिन्न स्थानमा अलपत्र परेका खानेपानी आयोजनालाई पुरा गर्नका लागि मन्त्रालयले काम सुरु गरिसकेको उनको भनाइ छ । 

अलपत्र परेका आयोजनाहरूको निरन्तर अनुगमन भइरहेकाले आवश्यक बजेट व्यवस्थापन समेत गरिने उनको भनाइ छ । 

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  ५ : ३५ बजे

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली