गोकुलगंगाले मानेन संघीय सरकारको निर्णय, आइतबार पनि कार्यालय र विद्यालय खुल्ने « Khabarhub

गोकुलगंगाले मानेन संघीय सरकारको निर्णय, आइतबार पनि कार्यालय र विद्यालय खुल्ने


१५ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

रामेछाप– यहाँको गोकुलगंगा गाउँपालिकाले अब आइतबार पनि सरकारी कार्यालय, विद्यालय तथा स्वास्थ्य संस्था सञ्चालन गर्ने निर्णय गरेको छ।

गाउँकार्यपालिकाको मंगलबारको निर्णयअनुसार वैशाख १६ देखि लागू हुने गरी गाउँपालिकाअन्तर्गतका सबै कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था र स्वास्थ्य संस्थाहरू आइतबार पनि नियमित रूपमा खुल्नेछन्।

गाउँपालिकाले शैक्षिक क्षति न्यूनीकरणलाई मुख्य कारणका रूपमा उल्लेख गरेको छ। सातामा दुई दिन बिदा हुँदा विद्यार्थीहरूको वार्षिक पाठ्यघण्टा पूरा नहुने र शैक्षिक गुणस्तरमा असर पर्ने देखिएकाले यस्तो निर्णय गरिएको जनाएको छ।

त्यस्तै, गाउँपालिकाको भौगोलिक अवस्था र कम इन्धन खपतका कारण सहरी क्षेत्रमा जस्तो इन्धन बचतको आवश्यकता कम रहेको निष्कर्ष निकालिएको छ।

स्वास्थ्य संस्थामा आइतबार बिदा हुँदा दुर्गम क्षेत्रका बिरामी उपचारबाट वञ्चित हुने समस्या देखिएकाले सेवा निरन्तरता सुनिश्चित गर्न पनि यो निर्णय गरिएको जनाइएको छ।

जनसेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाउन समेत आइतबार सेवा सञ्चालन आवश्यक ठानिएको गाउँपालिकाले जनाएको छ।

निर्णयानुसार कार्यालयहरू बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म, विद्यालयहरू बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म र शुक्रबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सञ्चालन हुनेछन्।

गाउँपालिका अध्यक्ष काजी बहादुर खड्काले निर्णयको पूर्ण पालना गर्न कर्मचारी, शिक्षक, विद्यार्थी र अभिभावकलाई अनुरोध गरेका छन्।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  ७ : ०९ बजे

ट्युनिसियालाई हराउँदै नेदरल्यान्ड्स समूह विजेता, नकआउट चरणमा मोरक्कोसँग भिड्ने

काठमाडौँ – खेलको सुरुवाती सात मिनेटभित्रै दुई गोल गरेपछि नेदरल्यान्ड्सले

आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस 

काठमाडौं- आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम