संसद् छलेर नभई सहकार्यबाट अघि बढ्न प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको सुझाव « Khabarhub

संसद् छलेर नभई सहकार्यबाट अघि बढ्न प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको सुझाव


१५ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले सरकारले संसद् छल्दै अध्यादेशमार्फत विधेयक ल्याउने तयारी गरेको भन्दै आपत्ति जनाएका छन् ।

उनले संसदीय अभ्यासको पालना गर्दै सहकार्यका आधारमा अघि बढ्न प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाव दिएका हुन् ।
राप्रपा संसदीय दलका नेता समेत रहेका शाहीले बोलाइएको संसद् स्थगित गरेर अध्यादेशमार्फत शासन सञ्चालन गर्नु प्रजातान्त्रिक मूल्य र संसदीय परम्पराविपरीत भएको बताएका छन् ।

उनले सरकारसँग संसद्मा झण्डै दुईतिहाइ बहुमत रहेको अवस्थामा प्रस्तावित विधेयक सजिलै पारित हुने सम्भावना रहेको उल्लेख गरे । ‘संसदलाई छलेर होइन, सहकार्य गरेर अगाडि बढ्नुहोस्,’ उनले भने, ‘यस्ता गतिविधिले दीर्घकालमा स्वयं प्रधानमन्त्रीलाई नै अप्ठ्यारो पार्न सक्छ।’

शाहीले अध्यादेशमार्फत शासन गर्ने प्रवृत्ति अन्त्य गरी विधेयक संसद्बाटै अघि बढाउन आग्रह गर्दै संसदीय प्रणालीको पूर्ण पालना गर्न सरकारलाई अपिल गरेका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  ८ : १९ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ २१ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ २१ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २१ गते आइतबार सन् २०२६

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई