संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे « Khabarhub

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे


१५ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको अधिवेशन स्थगित गरेर अध्यादेशमार्फत कानुन ल्याउने सरकारको निर्णयलाई ‘अलोकतान्त्रिक कदम’ भन्दै कडा आपत्ति जनाएका छन् ।

उनले लोकतन्त्र केवल प्रक्रिया नभई प्रवृत्ति भएको उल्लेख गर्दै संसद अधिवेशन रोक्ने र अध्यादेश ल्याउने कार्य लोकतान्त्रिक अभ्यासविपरीत भएको टिप्पणी गरेका छन् । उनका अनुसार सरकारले दुई वटा अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गर्नु गम्भीर र दुःखद विषय हो ।

आङ्देम्बेले संसद नचलेको अवस्थामा तत्काल आवश्यक परे मात्र अध्यादेश ल्याउन सकिने भए पनि अहिले त्यस्तो परिस्थिति नरहेको दाबी गरे । उनले संसद बोलाएर सामान्य विधेयकहरू सहज रूपमा पारित गर्न सकिने अवस्थामा हतारमा अध्यादेश ल्याउनु बलमिच्याइँको राजनीति र सार्वभौम संसदको अपमान भएको आरोप लगाए।

उनले प्रधानमन्त्रीलाई प्रश्न गर्दै आफ्नै पार्टीको बहुमतप्रति नै किन अविश्वास गरिएको हो भन्दै संसदको गरिमा र मर्मको अवमूल्यन भएको बताए।

संवैधानिक परिषदसम्बन्धी विधेयक तथा सहकारी ऐन संशोधनजस्ता महत्वपूर्ण विषयहरू संसदीय बहसबाटै टुंग्याउनुपर्ने उनको भनाइ छ। उनले यी विषयलाई सहमति, संवाद र संसदीय प्रक्रियाबाट समाधान गर्न सकिने स्पष्ट पारे।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  ९ : ३८ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल