वैभवको छक्का वर्षा : हैदरावादलाई हराउँदै राजस्थान आईपीएलको दोस्रो क्वालिफायरमा « Khabarhub

वैभवको छक्का वर्षा : हैदरावादलाई हराउँदै राजस्थान आईपीएलको दोस्रो क्वालिफायरमा


१४ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को इलिमिनेटरमा सनराइजर्स हैदरावादलाई ४७ रनले हराउँदै राजस्थान रोयल्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । यो जितले राजस्थानलाई फाइनल नजिक पुर्‍याएको छ । पहिलो क्वालिफायरमा पराजित गुजरात टाइटनसँग राजस्थानले अब दोस्रो क्वालिफायर खेल्नेछ । दोस्रो क्वालिफायरमा विजयी टिमले फाइनलमा आरसिबीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

इलिमिनेटर खेलको पहिलो इनिङ्समा राजस्थान रोयल्सले आक्रामक सुरुवात गर्दै ९ ओभरको समाप्तिमा १ विकेटको क्षतिमा १२९ रन बनाएको थियो।

यस क्रममा वैभव सूर्यवंशीले विस्फोटक ब्याटिङ गर्दै २९ बलमा ९७ रन बनाएर आउट भए । उनले २९ बलको सामना गर्दा १२ वटा त छक्का हिर्काए । उनले एकै आईपीएल सिजनमा सर्वाधिक छक्का प्रहार गर्ने क्रिस गेलको १४ वर्ष पुरानो कीर्तिमान तोडेका छन् । क्रिस गेलले सन् २०१२ मा ५९ छक्का प्रहार गरेका थिए भने सूर्यवंशीले यस सिजन ६५ छक्का प्रहार गरिसकेका छन् ।

खेलको सुरुवातमा आक्रामक देखिएको राजस्थानले पूरै २० ओभर खेल्दै आठ विकेटको क्षतिमा २४३ रन बनायो । २४४ रनको लक्ष्य पछ्याएको हैदरावाद १९ ओभर २ बलमा १९६ रन बनाउँदा अलआउट भयो । यो हारसँगै हैदरावाद आईपीएलबाट बाहिरिएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८३, बिहिबार  ६ : १७ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल