वैभवको छक्का वर्षा : हैदरावादलाई हराउँदै राजस्थान आईपीएलको दोस्रो क्वालिफायरमा « Khabarhub

वैभवको छक्का वर्षा : हैदरावादलाई हराउँदै राजस्थान आईपीएलको दोस्रो क्वालिफायरमा


१४ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को इलिमिनेटरमा सनराइजर्स हैदरावादलाई ४७ रनले हराउँदै राजस्थान रोयल्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । यो जितले राजस्थानलाई फाइनल नजिक पुर्‍याएको छ । पहिलो क्वालिफायरमा पराजित गुजरात टाइटनसँग राजस्थानले अब दोस्रो क्वालिफायर खेल्नेछ । दोस्रो क्वालिफायरमा विजयी टिमले फाइनलमा आरसिबीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

इलिमिनेटर खेलको पहिलो इनिङ्समा राजस्थान रोयल्सले आक्रामक सुरुवात गर्दै ९ ओभरको समाप्तिमा १ विकेटको क्षतिमा १२९ रन बनाएको थियो।

यस क्रममा वैभव सूर्यवंशीले विस्फोटक ब्याटिङ गर्दै २९ बलमा ९७ रन बनाएर आउट भए । उनले २९ बलको सामना गर्दा १२ वटा त छक्का हिर्काए । उनले एकै आईपीएल सिजनमा सर्वाधिक छक्का प्रहार गर्ने क्रिस गेलको १४ वर्ष पुरानो कीर्तिमान तोडेका छन् । क्रिस गेलले सन् २०१२ मा ५९ छक्का प्रहार गरेका थिए भने सूर्यवंशीले यस सिजन ६५ छक्का प्रहार गरिसकेका छन् ।

खेलको सुरुवातमा आक्रामक देखिएको राजस्थानले पूरै २० ओभर खेल्दै आठ विकेटको क्षतिमा २४३ रन बनायो । २४४ रनको लक्ष्य पछ्याएको हैदरावाद १९ ओभर २ बलमा १९६ रन बनाउँदा अलआउट भयो । यो हारसँगै हैदरावाद आईपीएलबाट बाहिरिएको छ ।

प्रकाशित मिति : १४ जेठ २०८३, बिहीबार  ६ : १७ बजे

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज