चाडपर्वले आपसी सहिष्णुता र सद्भावको परम्परा कायम राख्छ : कांग्रेस सभापति थापा « Khabarhub

चाडपर्वले आपसी सहिष्णुता र सद्भावको परम्परा कायम राख्छ : कांग्रेस सभापति थापा


१४ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले चाडपर्वहरूले समाजमा आपसी सम्मान, सहिष्णुता र सद्भावको गौरवशाली परम्परा कायम भइरहेको बताएका छन् ।

बकर इद (ईद–उल–अज्हा) का अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र भएको र यहाँ रहेका चाडपर्वले समाजमा आपसी सम्मान, सहिष्णुता र सद्भावको गौरवशाली परम्परा कायम रहँदै आएको उल्लेख गरेका छन् ।

‘बकर इद पर्व नेपालीहरूबीच आपसी प्रेम, सद्भाव, सहकार्य र सामाजिक एकताको भावना अभिवृद्धि गर्दै सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल हुनेछ भन्ने विश्वासका साथ सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गर्दछु’, सभापति थापाले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १४ जेठ २०८३, बिहीबार  ८ : १० बजे

हिन्दू राष्ट्रबारे गृहमन्त्रीले सहमति गरे या मागपत्र बुझे ?, १३ बुँदे दस्तावेजले अर्को तरङ्ग

काठमाडौं- जनकपुरधाममा गृहमन्त्री सुधन गुरुङ र संयुक्त हिन्दू मोर्चाबीच भएको

माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

काठमाडौं– सोलुखुम्बुको माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन

साउदी युवराजले दिएका थिए इरानमाथि आक्रमण रोक्न ट्रम्पलाई दबाब

काठमाडौं- इरानमाथिको आक्रमण रोक्न साउदी अरेबियाका युवराज तथा प्रधानमन्त्री मोहम्मद

हिन्दू राष्ट्रको मागमा सहमति संविधानविपरीत : सुदन किराती

काठमाडौं- श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किरातीले

पूर्वराष्ट्रपति भण्डारीले गरिन् नेकपा सहसंयोजक नेपाललाई सम्मान

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका सहसंयोजक माधवकुमार नेपाललाई सम्मान गरेकी