आईपीएलमा सर्वाधिक रन बनाएका १५ वर्षीय वैभवले के के रेकर्ड बनाए ? « Khabarhub

आईपीएलमा सर्वाधिक रन बनाएका १५ वर्षीय वैभवले के के रेकर्ड बनाए ?


१४ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल)मा देखिएको १५ वर्षीय किशोरको ब्याटिङ क्षमताको विश्वका क्रिकेट समर्थकले प्रशंसा गरिराखेका छन् । केवल १५ वर्षको उमेरमा उनले आईपीएलको इतिहासमै सायद अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट सिजन बिताएका छन् । ६८० रन (सबैभन्दा बढी रन), २४२.८५ उच्चतम स्ट्राइक रेट र ६५ छक्का उनका महत्त्वपूर्ण उपलब्धि हुन् ।

उनी मात्र १५ वर्षका हुन् तर उनी त्योभन्दा धेरै माथि छन् । यति तीव्र गतिको बलिङ विरुद्ध यति धेरै सङ्ख्यामा र यति सहजै छक्का प्रहार गर्ने कला यसअघि कहिल्यै देखिएको थिएन । सूर्यवंशीले अहिले जे गरिरहेका छन्, त्यो हामीले उनको उमेरमा देख्ने काल्पनिक सपनाभन्दा टाढाको कुरा हो ।

ब्याटलाई माथि उठाउने उनको कला फरक छ । तिखो नजर, बलियो प्रहार गर्दा पनि देखिने अद्भुत शारीरिक सन्तुलन, अफ-साइडतर्फ ढल्कने शैली, शरीरको माथिल्लो भागको घुमाइ र मिलिसेकेन्डमै निर्णय लिने क्षमता उनको अद्भूत छ । यसअघि यू–१९ विश्वकप र अघिल्लो आईपीएलमा पनि यो लय देखिएको थियो । उनीसँग जन्मजात क्षमता छ । उनी हरेक समय कडा मिहिनेत खर्चिसकेका छन् ।

जब-जब सूर्यवंशी क्रिजमा उत्रिन्छन्, तब-तब यस खेलमा मानवीय रूपमा के सम्भव छ भनेर हेर्ने अवसर मिल्छ । उनले केभिन पिटरसनसँगको अन्तर्वार्तामा भनिसकेका छन् कि उनी टी-२० इनिङ्समा दोहोरो शतक बनाउन सक्ने क्षमता राख्छन् । हैदराबाद विरुद्धको खेलमा त त्यो अन्तर्वार्ता प्रसारण हुनुअघि नै उनले यो कोसेढुङ्गा पार गर्ने जस्तो छाँट देखाएका थिए । त्यो क्षण शुक्रबार गुजरात टाइटन्स विरुद्धको क्वालिफायर २ मा आउन सक्छ ।

आईपीएल २०२६ मा १५ खेल खेल्दा उनी ६८० रन बनाउँदै सर्वाधिक रनकर्ताको सूचीको पहिलो नम्बरमा छन् । उनले विश्व क्रिकेटका नामुद खेलाडीलाई पछाडि पार्दै यो रेकर्ड बनाएका हुन् । उनले एउटा शतक बनाउँदा चार वटा अर्धशतक बनाउँदा ६५ वटा छक्का र ५५ वटा चौका हिर्काएका छन् ।

सर्वाधिक रनकर्ताको सूचीको दोस्रो नम्बरमा साई सुदर्शन छन् भने तेस्रो नम्बरमा हेनरिक काल्सन छन् । उनीहरुले क्रमश ६५२ र ६२४ रन बनाएका छन् । शुभमन गिलले ६१८, इशन किसानले ६०२ रन बनाउँदा विराट कोहलीले ६०० रन बनाएका छन् ।

राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले विश्वकै नामुद ब्याट्सम्यानको रेकर्ड १५ वर्षकै उमेरमा तोडेपछि उनको व्यापक चर्चा छ । आईपीएल २०२६ को इलिमिनेटर खेलमा सनराइजर्स हैदरावादविरुद्धको खेलमा २९ बलमा ९७ रन बनाउँदा उनले ब्याटिङका राजा मानिएका क्रिस गेलको सर्वाधिक छक्का प्रहारको रेकर्ड तोडेका छन् । गेलले आईपीएलको एउटा सिजनमा ५९ छक्का प्रहार गर्दै बनाएको रेकर्डलाई उनले ६५ छक्का प्रहार गरेर तोडेका हुन् ।

छिटो अर्धशतकको सूचीमा वैभव
छिटो शतक बनाउन तीन रनले चुकेका वैभव छिटो अर्धशतक बनाउने खेलाडीको सूचीमा बराबरी गर्न सफल भएका छन् । सन् २०१४ मा सुरेश रैनाले १६ बलमा बनाएको आईपीएलको छिटो अर्धशतकको रेकर्ड उनले बराबरी गरेका हुन् । उनले बुधबारको खेलमा १६ बलमा अर्धशतक बनाउँदै १२ वर्षपछि रैनाको रेकर्डमा बराबरी गरेका हुन् ।

१५ खेल खेल्दा विभिन्न रेकर्ड बनाएका वैभवको खेल दोस्रो क्वालिफायरमा हेर्न सकिने छ । शुक्रबार दोस्रो क्वालिफायरमा वैभवको प्रदर्शन कस्तो होला ? त्यो धेरैको प्रतिक्षाको विषय बनेको छ । दोस्रो क्वालिफायरमा पनि राजस्थान विजयी भए फाइनलमा आरसिबीसँग प्रतिस्पर्धा गर्न पुग्नेछ ।

यो सिजन राजस्थान फाइनल पुगेमा वैभवका नाममा दर्जनौ रेकर्ड बन्नेछन् । आईपीएल यो सिजनको फाइनल आइतबार हुँदैछ ।

प्रकाशित मिति : १४ जेठ २०८३, बिहीबार  ११ : ५५ बजे

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा