शान्ति वार्ताअघि लेबनानमा इजरायलको हवाई हमला, साइडनमा तीन जनाको मृत्यु « Khabarhub

शान्ति वार्ताअघि लेबनानमा इजरायलको हवाई हमला, साइडनमा तीन जनाको मृत्यु


१४ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लेबनानमा इजरायलले हवाई आक्रमण तीव्र पारेको छ । दक्षिणी लेबनानको साइडन शहरमा इजरायलले गरेको पछिल्लो हवाई आक्रमणमा परी तीन जनाको ज्यान गएको छ ।

इजरायली सेनाले हवाई आक्रमण गरेको स्थानमा तीन वटा शव फेला परेको स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै अल जजीराले जनाएको छ । लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार इजरायली सेनाले साइडन शहरको किया क्षेत्रमा हमला गरेको हो ।

बिहीरबार झिसमिसेमै गरेको हवाई हमलामा इजरायली सेनाले आवासीय भवनको अपार्टमेन्टलाई लक्षित गरेको जनाइएको छ । घटनामा घाइते भएका पाँच जनालाई उपचारका लागि अस्पताल लगिएको छ ।

पछिल्ला केही दिनयता इजरायलले दक्षिणी लेबनानमा हवाई हमलालाई तीव्र बनाउँदै लगेको छ । इजरायलले दक्षिणी लेबनानको लिटानी नदी पारी पनि सैन्य कारवाही विस्तार गर्ने संकेत दिएको छ ।

यसैबीच शुक्रबार लेबनान र इजरायलबीच अमेरिकी मध्यस्थतामा शान्ति वार्ता हुँदैछ । भोलिको वार्तामा दुई मुलुकका सैन्य अधिकारीहरुले प्राविधिक विषयमा छलफल गर्ने जनाइएको छ ।

सैन्य वार्तामा सफलता हासिल भए जुन महिनाको पहिलो साता दुई मुलुकबीच कूटनीतिक स्तरमा वार्ता हुनेछ ।

प्रकाशित मिति : १४ जेठ २०८३, बिहीबार  २ : ३८ बजे

प्रदेशको सत्ताका लागि एमालेमा किचलो : शेरधन, हिक्मत र घनश्यामलाई गुन्डुले बोलायो

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको सरकारलाई

अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्न आवश्यक : कानुनमन्त्री

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय अनुसन्धान

एलपी ग्यास सिलिन्डर म्यापिङ गर्न सरकारलाई निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए

विराटनगर– मोरङको विराटनगर नाका भई आर्थिक वर्ष २०८२/८३ मा तेस्रो

प्रतिनिधिसभा आकस्मिक समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको बैठकको आजको आकस्मिक समयमा सांसदहरूले जाजरकोट घटनादेखि बाढी