ट्रम्पले ओमनलाई ध्वस्त पार्ने धम्की दिएपछि इरान क्रुद्ध « Khabarhub

ट्रम्पले ओमनलाई ध्वस्त पार्ने धम्की दिएपछि इरान क्रुद्ध


१४ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


921
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओमनलाई ध्वस्त पार्ने धम्की दिएपछि इरानले क्रुद्ध प्रतिक्रिया दिएको छ । राष्ट्रपति ट्रम्पले ध्वस्त पार्ने धम्की दिएपछि इरान ओमनको समर्थनमा उत्रिएको हो ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता एस्माइल बघेईले बिहीबार विज्ञप्ति जारी गर्दै ‘अमेरिकी अधिकारीको धम्की’ विरुद्ध ओमनप्रति ऐक्यबद्धता जाहेर गरेका हुन् ।

यसअघि राष्ट्रपति ट्रम्पले होर्मुजको जलक्षेत्र कसैले पनि नियन्त्रण गर्न नहुने बताएका थिए । उनले अन्तर्राष्ट्रिय समुद्र भएकाले होर्मुज जलक्षेत्रसँग सीमा जोडिएको ओमनले पनि अरुले गरेजस्तै व्यवहार गर्नुपर्ने अन्यथा ध्वस्त पार्ने धम्की दिएका थिए ।

इरानले ओमनसँग मिलेर होर्मुजको जलक्षेत्रबाट ओहोरदोहोर गर्ने जहाजबाट शुल्क उठाउने तयारी गरिरहेका बेला ट्रम्पको धम्की आएको हो । वर्षौँदेखि आर्थिक र रणनीतिक रुपमा निकट सम्बन्ध रहेको ओमनविरुद्ध राष्ट्रपति ट्रम्पले दिएको धम्कीलाई धेरैले आश्चर्यका रुपमा हेरेका छन् ।

प्रकाशित मिति : १४ जेठ २०८३, बिहीबार  २ : ५५ बजे

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ– कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचे गाउँ

बाढीप्रभावित क्षेत्रमा डीएनए नमूना संकलन केन्द्र

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका लागि

‘हिमाली सुनामी’पछि तीनै तहका सरकारबीच समन्वय र सहकार्यमा काम हुँदैछ : भुपदेव शाह

नुवाकोट – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं

पहिरोले कर्णाली करिडोर अवरुद्ध

बाजुरा – गए रातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली

जलवायु परिवर्तनको क्षतिपूर्तिका लागि विश्व समुदायले नेपाललाई साथ दिनुपर्छ: महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या