चीन नेपालको सबैभन्दा ठूलो लगानीकर्ता, अन्य देशहरूको भन्दा दोब्बरले धेरै « Khabarhub

चीन नेपालको सबैभन्दा ठूलो लगानीकर्ता, अन्य देशहरूको भन्दा दोब्बरले धेरै


१४ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा लगानी गर्ने छिमेकीसहितका मुलुकहरूमा चीन अग्रस्थानमा देखिएको छ। उत्तरी छिमेकी चीन नेपालमा सबैभन्दा ठूलो लगानीकर्ता राष्ट्रका रूपमा उभिएको हो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा सार्वजनिक आर्थिक सर्वेक्षण २०८२/०८३ अनुसार २०८२ फागुन मसान्तसम्म स्वीकृत कुल वैदेशिक लगानीमध्ये चीनको मात्रै हिस्सा ४८ प्रतिशत पुगेको छ । यो भारत र अमेरिकासहित अरू सबै देशको भन्दा करिब ५० प्रतिशतले धेरै हो ।

नेपालमा लगानी गर्नेमध्ये दक्षिण छिमेकी भारतको हिस्सा १७.९ प्रतिशत छ। त्यसबाहेक अन्य मुलुकहरूको संयुक्त हिस्सा ३४.१ प्रतिशत छ।

आर्थिक सर्वेक्षणअनुसार परियोजना संख्याका आधारमा पनि चीन अग्रस्थानमै छ। जम्मा स्वीकृत परियोजनामध्ये ४५.५ प्रतिशत चिनियाँ लगानीका छन् । भारतको हिस्सा ११.९ र अन्य मुलुकको ४२.६ प्रतिशत छ ।

अहिले नेपालमा विदेशी लगानी स्वचालित (अटोमेटिक) र अप्रुभलसहित दुई विधिमार्फत् स्वीकृत हुने व्यवस्था छ।

२०८२ फागुनसम्म उद्योग विभागमार्फत् अटोमेटिक रुटबाट ९ सय ६८ र अप्रुभलबाट ६ हजार ९ सय ८३ परियोजना स्वीकृत भएका छन् ।

आर्थिक सर्वेक्षणअनुसार जम्मा ७ हजार ९ सय ५१ परियोजनामा ६ खर्ब २५ अर्ब ५८ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ ।

यसबाट करिब तीन लाख ६२ हजार ५ सय ४५ जनालाई रोजगारी सिर्जना हुने अनुमान छ ।

आर्थिक सर्वेक्षणअनुसार चालु आर्थिक वर्ष २०८२/८३ फागुनसम्म मात्रै ५ सय ५४ परियोजनामा ४० अर्ब ७० करोड रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत भएको छ । जसमध्ये अटोमेटिक रुटबाट ३ सय ७७ तथा अप्रुभलतर्फ १ सय ७७ छन् ।

गत आर्थिक वर्षको यही अवधिमा ४ सय २७ उद्योगमा ४४ अर्ब ६६ करोड रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत भएको थियो । यसले परियोजनाको संख्या बढे पनि लगानी रकम केही घटेको देखाएको छ।

क्षेत्रगत रूपमा सेवातर्फ सबैभन्दा धेरै २८.३ प्रतिशत विदेशी लगानी स्वीकृत भएको छ । ऊर्जा क्षेत्रमा २३.०३ प्रतिशत तथा उत्पादनमूलक क्षेत्रमा १३.१८ प्रतिशत छ ।

खनिज उद्योगमा सबैभन्दा थोरै १.३ प्रतिशतमात्रै विदेशी लगानी स्वीकृत भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । नेपालमा सुन र फलामसहितका खानी भए पनि सरकारले प्रष्ट नीति नबनाउँदा उत्खनन हुन सकेको छैन ।

प्रकाशित मिति : १४ जेष्ठ २०८३, बिहिबार  ४ : ०२ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण