बागमती सरकारले क्यान्सरदेखि मानसिक स्वास्थ्यसम्म सेवा विस्तार गर्ने  « Khabarhub

बागमती सरकारले क्यान्सरदेखि मानसिक स्वास्थ्यसम्म सेवा विस्तार गर्ने 


१४ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेश सरकारले आधुनिक जीवनशैली, मानसिक तनाव र विभिन्न स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा विभिन्न कार्यक्रमहरु अघि सारेको छ । 

बुधवार सार्वजनिक गरिएको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा प्रदेश सरकारले योग, ध्यान र स्वजागरणमार्फत नागरिकलाई स्वस्थ र आरोग्य बनाउने उद्देश्यसहित प्रदेश राजधानी हेटौँडा मा प्रदेश गौरवको आयोजनाका रूपमा ‘आरोग्य केन्द्र’ स्थापना गर्ने घोषणा गरेको छ ।

त्यस्तैआधुनिक जीवनशैली, जैविक, मनोवैज्ञानिक तथा वातावरणीय कारणबाट उत्पन्न डर, चिन्ता, नैराश्यता, तनाव, माइग्रेन र डिप्रेसनजस्ता मानसिक तथा शारीरिक समस्याको समाधानमा विशेष ध्यान दिने जनाएको छ ।

आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न स्थानीय तहसँग सहकार्य गरिने उल्लेख गर्दै डिजिटल स्वास्थ्य प्रणाली, दूर चिकित्सा तथा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गरिनेछ बताएको छ भने मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको पहुँच पनि बढाउने योजना अघि सारेको छ । 

जोखिमयुक्त गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क हवाई उद्धार कार्यक्रमलाई निरन्तरता दिइने सरकारको योजना छ । 

प्रदेश अस्पतालहरूको पूर्वाधार विकास गर्दै क्यान्सर, मुटु, मानसिक स्वास्थ्य तथा डायलासिस सेवामा पहुँच विस्तार गरिने नीति लिइएको छ । साथै जलन उपचार, कृत्रिम गर्भाधान तथा विशेषज्ञ आँखा सेवाको विकास र विस्तार गरिने जनाइएको छ ।

सरकारले सम्पूर्ण स्वास्थ्य सेवालाई प्रविधिमैत्री बनाउने लक्ष्यसहित अस्पतालहरूलाई एकीकृत मेडिकल रेकर्ड र अनलाइन सेवासँग जोड्ने योजना अघि सारेको छ । 

न्यूनतम सेवा मापदण्ड र क्लिनिकल अडिटमार्फत अस्पतालको गुणस्तर सुधार गरिनेछ । एलोपेथिक र आयुर्वेद सेवालाई एकीकृत स्वास्थ्य सेवाका रूपमा विस्तार गर्दै वैकल्पिक चिकित्सामार्फत स्वास्थ्य पर्यटन प्रवर्द्धन गरिने नीति पनि कार्यक्रममा समेटिएको छ।

यसैगरी मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान को संस्थागत सुदृढीकरण गर्दै स्वास्थ्य अनुसन्धान तथा विशेषज्ञ जनशक्ति उत्पादनलाई प्रोत्साहन गरिने भएको छ । 

शिक्षा क्षेत्रमा पनि प्रदेश सरकारले अनिवार्य तथा निःशुल्क शिक्षाको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहसँग सहकार्य गर्ने जनाएको छ । विपन्न, अल्पसंख्यक तथा सीमान्तकृत समुदायका बालबालिकाको गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्न कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

उच्च शिक्षालाई अनुसन्धानमुखी बनाउँदै प्राविधिक तथा व्यावसायिक शिक्षा विस्तार गरिनेछ। युवा वैज्ञानिक लक्षित कार्यक्रम, विद्यार्थी ह्याकाथन, आइटी स्किल फेलोसिप तथा प्रादेशिक स्टिमरआइटी विद्यालय कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिने सरकारको नीति छ ।

त्यसैगरी बागमती विश्वविद्यालय लाई विशिष्ट प्राविधिक विश्वविद्यालयका रूपमा रूपान्तरण गर्दै लैजाने योजना पनि सार्वजनिक गरिएको छ ।
 
 

प्रकाशित मिति : १४ जेठ २०८३, बिहीबार  ५ : ४० बजे

नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरियो

काठमाडौं– नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ ।  

स्वास्थ्यमा कुल बजेटको १० प्रतिशत विनियोजन गर्न चिकित्सक संघको माग 

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) ले स्वास्थ्य क्षेत्रको बजेट वृद्धि,

स्वास्थ्य मन्त्रालयमा १८ सय बढी दरबन्दी स्वीकृत

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत संघीय पुल संरचनामा

जब तीन सवारी एकआपसमा ठोक्किए…

दोलखा– लामोसाघु-जिरी सडक खण्डअन्तर्गत पर्ने वैतेश्वर गाउँपालिका-५ को मैनापोखरी बजारमा

ह्वाइट हाउसमा कुश्ती भिड्न जालान् रवीन्द्र ?

काठमाडौं– कुख्यात रोमन सम्राट कोमोडसले कोलोसियममा ग्लाडिएटर प्रतियोगिता आयोजना गरेको