जब तीन सवारी एकआपसमा ठोक्किए… « Khabarhub

जब तीन सवारी एकआपसमा ठोक्किए…


१४ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

दोलखा– लामोसाघु-जिरी सडक खण्डअन्तर्गत पर्ने वैतेश्वर गाउँपालिका-५ को मैनापोखरी बजारमा बिहीबार दिउँसो सवारी दुर्घटना भएको छ ।

 दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।

इलाका प्रहरी कार्यालय मैनापोखरीका अनुसार सदरमुकाम चरिकोटबाट जिरीतर्फ आउँदै गरेको बागमती प्रदेश ०१००६ ख ६७६६ नम्बरको यात्रुवाहक बस, बजार क्षेत्रमा गुडिरहेको बा ३३ प १२९७ नम्बरको मोटरसाइकल र पार्किङ गरेर राखेको प्रदेश ३- ०१०२४च१२४५ नम्बरको बोलेरो गाडी एकआपसमा ठोक्किएका हुन् । दुर्घटना तीनवटै सवारी साधनमा क्षति पुगेको थियो

दुर्घटना हुनुको मुख्य कारण एक मालवाहक ट्रक अव्यवस्थित रूपमा बायाँ तर्फ रोकेर राखेको कारण तीन सवारी एकआपसमा ठोकिन पुगेका थिए । 

स्थानीयका अनुसार मैनापोखरी बजारमा गरिने अव्यवस्थित सवारी पार्किङ र साँघुरो सडकको कारण बजारमा सवारी दुर्घटना हुँदै आएको छ । दुर्घटनामा बोलेरो र बसमा सामान्य क्षति पुगे पनि मोटरसाइकल भने पुर्णरुपले क्षति भएको प्रहरीले जनाएको छ । 

मोटरसाइकल बसमा ठोक्किएर रोकिराखेको बोलेरोमा ठोक्किन पुगेको थियो । यो दुर्घटना जिल्लाकै सबैभन्दा ठुलो सवारी दुर्घटना भएको स्थानीयले बताएका छन् । सुवाश बस्नेत/दोलखा
 

प्रकाशित मिति : १४ जेठ २०८३, बिहीबार  ६ : ०८ बजे

चितवनको महाधिवेशनस्थल हिलाम्ये, सास्ती खेप्दै रास्वपा प्रतिनिधि

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक राष्ट्रिय

रास्वपा महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक, दाबी-विरोधका लागि भोलि बिहानसम्मको समय

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले

भक्तपुरमा सामूहिक योगाभ्यास (फोटो पिचर)

भक्तपुर – अन्तर्राष्ट्रिय योग दिवस (आइडीवाई २०२६) को अवसरमा ऐतिहासिक

गृहमन्त्री सुधन गुरुङले गरे रास्वपा महाधिवेशनस्थलको निरीक्षण

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को

पौडी खेल्नक्रममा डुबेर तीन जनाको मृत्यु

कर्णाली– सुर्खेत र दैलेखमा खोलामा पौडी खेल्ने क्रममा डुबेर तीनजनाको