अल इन्डिया गोल्डकप खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ « Khabarhub

अल इन्डिया गोल्डकप खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ


१४ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका र कञ्चनपुर जिल्ला क्रिकेट सङ्घले अल इन्डिया गोल्डकप क्रिकेट प्रतियोगिता खेल्ने नेपालको ए राष्ट्रिय टोलीको बिदाइ गरेको छ ।

आज भीमदत्त नगरपालिकाका नगर उपप्रमुख निलम जोशी र जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले भारतको उत्तराखण्डमा सञ्चालन हुने ४२औँ अल इन्डिया गोल्डकप क्रिकेट प्रतियोगिता खेल्ने नेपालको ए राष्ट्रिय टोलीको बिदाइ गरेका हुन् ।

नेपाली टोलीमा कप्तान अनिलकुमार साहको नेतृत्वमा टोली गड्डाचौकी नाका भएर भारत प्रस्थान गरेको छ । टोलीमा मयन यादव, तृत राज दास, देव खनाल, रसिद खान, बसिर अहमद, नारायण जोशी, आकाश चन्द, हेमन्त धामी, पवन सराफ, दीपक डुम्रे, युवराज खत्री, विपिन खत्री, ललित राजवंशी र अर्जुन कुमाल छन् ।

नेपालले आगामी मे ३० मा केरलासँग पहिलो खेल खेल्नेछ । त्यसपछि नेपालले मे ३१ मा गोवा र जुन २ मा ओडिसासँग खेल्नेछ । प्रतियोगिताको क्वार्टरफाइनल जुन ४ मा, सेमिफाइनल जुन ६ मा र फाइनल जुन ७ मा हुनेछ ।

नेपाल ‘ए’ का प्रशिक्षक राजु बस्न्यातले नेपाली टोली उत्तराखण्डमा गएर भारतका विभिन्न राज्यका टिमसँग खेल खेल्ने बताए। “यो भारतको प्रतिष्ठित प्रतियोगिता हो । यसले हाम्रा खेलाडीमा सकारात्मक उर्जा विकास गर्ने विश्वास छ”, उनले भने, “नेपाली खेलाडीले यहाँ खेल्न पाउँदा मनोबल बढ्ने र अनुभवका हिसाबले फलदायी हुनेछ।”

प्रकाशित मिति : १४ जेठ २०८३, बिहीबार  ८ : २६ बजे

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध