आज २०८३ साल असार १४ गते आइबारको राशिफल « Khabarhub

आज २०८३ साल असार १४ गते आइबारको राशिफल


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


936
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल असार १४ गते आइतबार सन् २०२६ जुन २८ तारिख। जेठ शुक्ल पक्षको चतुदर्शी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। साना कुराले व्यवहारमा अवरोध गर्नेछन्। मनमा चिन्ता बढ्नेछ। व्यापारमा गरेको लगानी डुब्ने जोखिम छ। राजनीति र स्वस्थ्यको क्षेत्रमा भने सुधारका संकेत देखिनेछन्।

वृष : दिन राम्रो छ। योजना सफल बन्नेछ। राज्यको माथिल्लो निकायमा नियुक्तिको अवसर प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुने अवसर मिल्नेछ।

मिथुन : दिन सामान्य राम्रो छ। काम सफल बन्नेछ। बोलीमा मधुरता आवश्यक देखिन्छ। तपाईंको कामको प्रशंसा हुनेछ। स्वदेशमा भन्दा लगानी गरेको भए विदेशमा फाइदा हुनेछ।

कर्कट : आज दिन राम्रो छ। साथीभाइको साथ मिल्नेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर प्राप्त होला। सम्पत्ति खर्च भए पनि तपाईंको चर्चा बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ।

सिंह : दिन सामान्य छ। मन अशान्त बन्नेछ। आफूभन्दा ठुला व्यक्तिको सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ। अनावश्यक खर्च बढेर परिवारमा बोझ थपिने जोखिम छ।

कन्या : दिन राम्रो छ। आम्दानी बढ्नेछ। तपाईंको विदेश जाने योजना भए आज नहिड्नु राम्रो हुनेछ। स्वदेशमा लगानीका सम्भावना भेटिने छन्। परिवारको साथ लिएर गरेको काम सफल बन्नेछ।

तुला : धनलक्ष्मी योग परेको छ । सदुपयोग गर्नुहोला । परिवारसँगको सल्लाहमा गरेको काम सफल बन्नेछ। गुरुसँग संगत बढ्नेछ। कलाको क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। राजनीतिक क्षेत्रमा भने ठग सक्रिय भएकाले सचेत बन्नुपर्नेछ।

वृश्चिक : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। निजी प्रयासले सफलता प्राप्त गर्नेछ। परिवारको छायामा दिन बित्नेछ। ठुला व्यक्तिसँगको संगतले महत्त्वपूर्णा काम बन्नेछ।

धनु : दिन सामान्य छ। हरेक काममा अवरोध देखिने छ। स्वस्थ्यमा समस्या हुनेछ। मन अशान्त बन्नेछ। परिवाको साथ र सहयोग प्राप्त हुनेछ। व्यापारमा भन्दा राजनीतिक क्षेत्रमा तपाईंको नाम चल्ने छ।

मकर : परिवारसँग रमाइलो घुमघामको तय हुनेछ। सञ्चित धन खर्च हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। विपक्षी साथी बौद्धिक भएकाले थोरै बोलेर अगाडि बढ्नु उचित हुन्छ।

कुम्भ : शुभ दिन छ। यात्रा हुनेछ । आम्दानीका स्रोत भेटिनेछन् । बौद्धिक व्यक्तिसँगको भेटले प्रगति हुनेछ। ठुला व्यक्तिको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुन्छ। श्रमको मूल्य मिल्नेछ ।

मीन : शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। बोल्दा सोच्नुपर्ने हुनसक्छ। स्वस्थ्यमा सुधार हुनेछ। परिवारको साथमा गरेको काम सफल बन्नेछ। हरेक काम गर्दा मनमा उत्साह बढ्ने छ ।

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  ५ : ०९ बजे

उज्वेकिस्तानमाथि कङ्गोको ३–१ को सानदार जित, दक्षिण कोरिया विश्वकपबाट बाहिरियो

काठमाडौँ – प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप

रोनाल्डोले गोल गर्न नसक्दा पोर्चुगल र कोलम्बियाले गोलरहित बराबरी खेले

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को निकै

ट्राफिक कारबाहीबाट पाँच लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन एक हजार ९२२ सवारीचालकलाई सवारी

अनौठो शैलीका कारण कङ्गोली फ्यानलाई अमेरिकले दिएन भिसा

काठमाडौँ – प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) का प्रख्यात ‘सुपरफ्यान’

आरोही फुञ्जो बनिन् चुननुब्रीको पर्यटन सद्भावना दूत

गोरखा– कीर्तिमानी आरोही फुञ्जो झाङ्मु लामालाई चुमनुब्री गाउँपालिकाले पालिकाको पर्यटन