आज मदन भण्डारीको ७५औँ जन्मजयन्ती, ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा उभिने « Khabarhub

आज मदन भण्डारीको ७५औँ जन्मजयन्ती, ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा उभिने


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले आज जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती विशेष कार्यक्रम गरी मनाउँदैछ । मदन जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले पनि आज कार्यक्रमको आयोजना गरेका छ ।

फाउण्डेसनले काठमाडौँको राष्ट्रयसभागृहमा दिउँसो साढे १ बजे गर्ने कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रमुख अतिथि बनाइएको छ ।

यस कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपाल एकै मञ्चमा देखिने भएका छन् । यस्तै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पनि कार्यक्रममा सहभागी हुने बताइएको छ ।

यसअघि एक अर्काको आलोचनामै समय बिताउने नेताहरु आज एउटै मञ्चबाट सहभागि हुन लागेपछि यसलाई चासोका साथ हेरिएको छ।

केही दिन अघि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले एमालेलगायत उपेन्द्र यादवसँग सहकार्य हुन लागेको बताएका थिए ।

गत फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कम्युनिष्ट पार्टीहरु कमजोर देखिए पछि पुनः सहकार्य र एकताको प्रयास हुन लागेको आकलन गरिएको छ ।

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  १० : १४ बजे

झापामा घरेलु तथा साना उद्योगबाट करिब साढे दुई करोड राजस्व सङ्कलन

झापा– घरेलु तथा साना उद्योग कार्यालय झापाले गत आर्थिक वर्ष

मानव सेवा आश्रम चितवनबाट ११२ जना पुनःस्थापना

चितवन– मानव सेवा आश्रम चितवनले ११२ जनालाई पुनःस्थापना गरेको छ

अर्थमन्त्री वाग्लेले आज उद्योगपतिहरूसँग बजेट कार्यान्वयनबारे छलफल गर्दै

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उद्योगका उद्योगपतिहरुसँग छलफल

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको बिजुलीको

दार्चुलामा मध्य चमेलिया जलविद्युत आयोजना निर्माण हुने

काठमाडौँ– सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा थप