‘स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउँछ’ « Khabarhub

‘स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउँछ’


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयकले प्रतिष्ठानमा देखिएका विकृति र विसङ्गति अन्त्य गर्दै स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउने बताएकी छन् ।
 
प्रतिनिधिसभाको आजको बैठकमा स्वास्थ्यमन्त्री मेहताले प्रस्तुत गरेको ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको सामान्य छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले विधेयकले स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको नियुक्तिलाई पारदर्शी बनाउने बताइन् । उक्त प्रस्तावसभाको बहुमतबाट स्वीकृत भएको छ ।
 
सो प्रस्तावमाथिको छलफलमा सांसद अभिषेकप्रताप शाह, पारशमणि गेलाल, विश्वराज पोखरेल, आरेन राई, समीक्षा बास्कोटा, अशोककुमार चौधरी, साजिदा खातुन सिद्धिकी,  भाग लिँदै स्वास्थ्य क्षेत्रलाई जनमुखी बनाउन विधेयक केन्द्रित रहेको बताए ।
 
शोक प्रस्ताव पारित
        
बैठकले प्रतिनिधिसभाका पूर्वसदस्य राजेन्द्र खरेलको निधनमा शोक प्रस्ताव पारित गरेको छ । उनी नेपाली कांग्रेसतर्फबाट २०५६ को आमनिर्वाचनमा काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित भएका थिए ।
 
पूर्वशिक्षा राज्यमन्त्री र महिला, बालबालिका तथा समाजकल्याणमन्त्री खरेलको ८० वर्षको उमेरमा यही असार ७ गते उपचारका क्रममा निधन भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असार १८ गते बिहान ११ बजे बस्नेछ ।
 

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  ६ : ३२ बजे

वर्षा रोकिएसँगै बेनी–दरवाङ सडक मर्मत थालियो

म्याग्दी– पछिल्लो झरिका कारण प्रभावित बनेको म्याग्दीको पश्चिमी क्षेत्रका तीन

एसियाड क्वाटरफाइनल : श्रीलंकाविरुद्ध ऐतिहासिक जितको खोजीमा नेपाल

काठमाडौँ – एसियाली खेलकुद (एसियन गेम्स) क्रिकेटअन्तर्गत समूह ‘ए’ को

पहिरोले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडी– बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध

कालीगण्डकीमा जलसतह कम भएसँगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

स्याङ्जा– कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ