सुनसरी घटनाले सरकारको अयोग्यता प्रष्ट पार्यो: योगेश भट्टराई « Khabarhub

सुनसरी घटनाले सरकारको अयोग्यता प्रष्ट पार्यो: योगेश भट्टराई


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सुनसरीमा घटेको पछिल्लो घटनालाई लिएर सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उपमहासचिव भट्टराईले सुनसरी घटनाले वर्तमान सरकारको अयोग्यता र अक्षमतालाई पूर्ण रूपमा प्रष्ट पारेको दाबी गरेका हुन्।

उनले क्षेत्रमा सिर्जित तनावपूर्ण वातावरणप्रति चिन्ता व्यक्त गर्दै शान्ति र सद्भाव कायम गर्नका लागि सबै पक्षको सामूहिक पहल आवश्यक रहेको औँल्याएका छन्। सबै राजनीतिक दल र प्रबुद्ध नागरिक समाजले तत्काल अग्रसरता लिएर स्थानीय समुदायलाई विश्वासमा लिनुपर्नेमा उनले जोड दिएका छन्।

उपमहासचिव भट्टराईले सामाजिक सद्भाव बिग्रन नदिन र स्थिति सहज बनाउनका लागि स्थानीयस्तरमै पुगेर ठोस कदम चाल्नुपर्ने आवश्यकता औँल्याएका छन्।

उनले लेखेका छन् “सुनसरी घटनाले सरकारको अयोग्यता र अक्षमतालाई प्रष्ट पारेको छ । सबै राजनीति दल र प्रबुद्ध नागरिक समाजले अग्रसरता लिएर स्थानीय समुदायको बिश्वासमा शान्ति र सद्धभाव कामय गर्न ठोस कदम चाल्नु पर्दछ ।”

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ८ : ३९ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

काठमाडौँ : रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको

रसुवा बाढीबाट घाइतेको निःशुल्क उपचार प्रबन्ध गरेका छौँ : मुख्यमन्त्री थापा

भक्तपुर– बागमती प्रदेशको मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीपहिरोका कारण घाइते

बिहीबारका लागि कुन विदेशी विनिमय दर कति ?

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा