बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा केमिकल अभावले सेवा ठप्प « Khabarhub

बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा केमिकल अभावले सेवा ठप्प


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

चितवन– बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला सेवा इकाई, चितवनमा केमिकल अभावले एक महिनादेखि प्रयोगशालाले दिने सेवा ठप्प भएको छ ।

प्रयोगशालाका निर्देशक नारायणबहादुर कार्कीले बजेट अभावमा केमिकल खरिद गर्न नसक्दा एक महिनादेखि सेवा दिन नसकिएको जानकारी दिए ।

गत वर्ष एक करोड ३५ लाख रुपैयाँ केमिकल खरिदका लागि विनियोजन भएको रकममा २० लाख रुपैयाँ अपुग भएकाले प्रयोगशाला बन्द भएको उनले बताए ।

कार्यालयका सूचना अधिकारी रमेश डोवालले सेवा सञ्चालन नहुने भएपछि प्रायः न्यून सङ्ख्यामा मात्र बिराम आउने गरेको जानकारी दिए । 

यसअघि प्रयोगशालामा दैनिक १३० जना बिरामी आउने गरेका थिए । ‘जिल्लामा यो प्रयोगशालालाई विश्वासिलो प्रयोगशालाका रूपमा लिने गरिन्छ’, उनले भने।

आर्थिक वर्ष २०८३/८४ का लागि एक करोड पाँच लाख  रुपैयाँ बजेट विनियोजन भएको छ । 

सो रकमबाट गत सालको तिर्न बाँकी रकम भुक्तानी गरी मधुमेह, सिबिसी, युरिकएसिड र पिसाबका अत्यावश्यक  परीक्षण मात्र गरिने भएको छ ।

बागमती प्रदेशका पूर्वस्वास्थ्यमन्त्री उत्तम जोशीले भरतपुरमा उच्च गुणस्तरको सरकारी प्रयोगशाला आवश्यक रहेको जिकिर गरे । 

यस कार्यालयले गत आवमा दुई करोड रुपैयाँ हाराहारी राजस्व सङ्कलन गरेको थियो । 

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  २ : ४६ बजे

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत