सुनसरी घटनाबारे सुरक्षा प्रमुखसँग ब्रिफिङ लिँदै प्रधानमन्त्रीले भने : सामाजिक सद्‍भाव बिथोल्नेमाथि निगरानी राख्नू « Khabarhub

सुनसरी घटनाबारे सुरक्षा प्रमुखसँग ब्रिफिङ लिँदै प्रधानमन्त्रीले भने : सामाजिक सद्‍भाव बिथोल्नेमाथि निगरानी राख्नू


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा आइतबार राति भएको घटना र त्यसपछि उत्पन्न शान्ति-सुरक्षाको परिस्थितिबारे सुरक्षा निकायका प्रमुखहरूसँग बुधबार छुट्टाछुट्टै विस्तृत ब्रिफिङ लिएका छन्।

गृहमन्त्री सुधन गुरुङको समेत उपस्थितिमा प्रधानमन्त्री शाहले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग छुट्टाछुट्टै भेट गरी सुनसरीको पछिल्लो वस्तुस्थिति, सुरक्षा चुनौती तथा सम्भावित जोखिमबारे विस्तृत जानकारी लिएका उनको सचिवालयले जनाएको छ।

​ब्रिफिङका क्रममा प्रधानमन्त्री शाहले सुनसरीको परिस्थिति तत्काल नियन्त्रणमा लिन, आमनागरिकको धनजनको सुरक्षा सुनिश्चित गर्न र सामाजिक सद्भावमा खलल पुर्‍याउन खोज्ने तत्त्वहरूमाथि कडा निगरानी राख्न निर्देशन दिए ।

​प्रधानमन्त्री शाहले शान्ति-सुरक्षा कायम राख्न कुनै पनि किसिमको सम्झौता नगर्न र गृह मन्त्रालय मातहतका दुवै सुरक्षा निकायलाई उच्च सतर्कताका साथ परिचालन गर्न स्पष्ट निर्देशन दिए ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ७ : १४ बजे

शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग

जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै

टोकियो – जापानमा जापानी नागरिकको जनसङ्ख्या ४२ वर्षमा पहिलो पटक

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौं – सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

दैनिक एक हजार ५०० ई-राहदानी छपाइ, तीन महिनाभित्र प्रणाली स्थिर हुने

काठमाडौं– राहदानी विभागले विद्युतीय राहदानी (ई-पासपोर्ट) को बढ्दो मागलाई सम्बोधन