आज २०८३ साल भदौ १३ गते शनिबारको राशिफल « Khabarhub

आज २०८३ साल भदौ १३ गते शनिबारको राशिफल


१३ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट २९ तारिख। भदौ कृष्ण पक्षको प्रतिपदा तिथि। गाईजात्रा (काठमाडौँ उपत्यका बिदा)/विश्व आणविक परिक्षण विरुद्धको दिवस।नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। गुम्न लागेको धन प्राप्त हुनेछ। व्यापार व्यवसायमा नाफा हुनेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ। आज घुमफिरको योग परेको छ।

वृष : दिन सामान्य राम्रो छ। मन प्रशन्न रहनेछ। विपक्षीमाथि विजयी प्राप्त हुनेछ। पराक्रम बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। परिवारको साथ र सहयोग मिल्नेछ।

मिथुन : दिन सामान्य छ। मन अशान्त बन्नेछ। शत्रु बढ्नेछन्। परिवारको सल्लाह लिएर अघि बढ्नु फलदायी हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

कर्कट : दिन राम्रो छ। आज नयाँ लुगा लगाउने अवसर प्राप्त हुनेछ। आफन्तबाट सहयोग मिल्नेछ। :वा:थ्यले साथ दिनेछ। शत्रुमाथि विजय प्राप्त हुने योग रहेको छ। परिवारको साथमा रमाइलो गर्ने योग छ।

सिंह : दिन सामान्य छ। सोचेर मात्र बोल्नुपर्ने दिन छ । व्यापार व्यवसायमा घाटा हुने जोखिम छ। मनमा चिन्ता थपिनेछ। काम गर्दा तीन पटक सोचेर निर्णय गर्नु उचित हुन्छ।

कन्या : दिन राम्रो छ। आम्दानी बढ्ने छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। आज तपाईंको प्रशंसा गर्ने बढ्नेछन्। सामाजिक कामले सम्मान मिल्नेछ। प्रेम सम्बन्धमा सुधार बन्नेछ।

तुला : मन प्रशन्न रहनेछ। बौद्धिक व्यक्तित्वसँगको भेटले नयाँ योजना बन्नेछन्। नयाँनयाँ ठाउँ घुम्ने अवसर मिल्नेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

वृश्चिक : शुभ दिन छ । आम्दानी हुनेछ । रोजगारीको अवसर प्राप्त मिल्नेछ । साथीभाइसँगको भेटले नयाँ योजना बन्नेछन् । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट सामान्य सुधार हुनेछ। पारिवारिक मेलमिलाप छ।

धनु : दिन राम्रो छ। व्यापार व्यवसायमा फाइदा हुनेछ। मिष्ठान्न भोजन हुनेछ। परिवारमा मेलमिलाप हुनेछ। तपाईंलाई साथ दिनेको सङ्ख्या बढ्नेछ। मिहिनेतले सफलता प्राप्त होला।

मकर : दिन राम्रो छ। धनलक्ष्मी योग छ। डुब्न लागेको सम्पत्ति हात लाग्नेछ। आजको दिन कार्यक्षेत्रमा बढुवा हुने सम्भावना छ। शिक्षाको क्षेत्रमा भने आलश्य बढ्नेछ।

कुम्भ : दिन सामान्य छ। साना कुराले धेरै रिस उठ्नेछ। झुठा आरोप लाग्न सक्छन्। धार्मिक कार्यमा सहभागी भएर गरेको काम सफल बन्नेछ। मिहिनेतको फल प्राप्त होला।

मीन : काममा बाधा हुनेछ। पश्चिमको एकल यात्रामा नजानु उपयुक्त हुन्छ। प्रेम सम्बन्धमा अवरोध आइपर्ने जोखिम छ। परिवारबाट असहयोग हुनेछ। व्यवहार गर्दा सोचेर अगाडि बढ्नु उचित हुन्छ।

प्रकाशित मिति : १३ भाद्र २०८३, शनिबार  ५ : ४३ बजे

जीडीआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।