चितवनमा सङ्कलित शव समाधिस्थ गरिने « Khabarhub

चितवनमा सङ्कलित शव समाधिस्थ गरिने


१३ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

चितवन– रसुवाको भोटेकोशी बाढीमा मृत्यु भई बगेर चितवनसम्म पुगेका शव समाधिस्थ गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले शवहरू दुर्गन्धित बन्दै गएपछि सङ्क्रमण फैलिन नदिन समाधिस्थ गर्ने निर्णय गरेको हो ।

जिल्लामा नारायणी र त्रिशूली नदी किनारबाट सङ्कलित २३३ शवमध्ये चार वटाको मात्रै पहिचान भएको छ भने बाँकी २२९ शव होल्डिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थामा राखिएका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।

उनका अनुसार प्रशासनका अनुसार होल्डिङ सेन्टर, स्वास्थ्य संस्थाहरू तथा नदी तटबाट सङ्कलन गरिएका शव र शवका अवशेषहरू सड्न थालेका छन् । तीमध्ये केही शव अब पहिचान गर्न नसकिने अवस्थामा पुगेका छन् ।

तत्कालीन व्यवस्थापकीय प्रबन्धमार्फत राखिएका शवहरू दुर्गन्धित बन्दै गएपछि स्वास्थ्य सङ्क्रमण तथा महामारी फैलिन सक्ने जोखिम रहेको स्वास्थ्य क्षेत्रका विज्ञहरूको रायअनुसार जिल्ला सुरक्षा समितिको बैठकले शव जमिनमुनि गाडिने निर्णय गरेको प्रजिअ अर्यालले बताए ।

प्रशासनले पहिचान नभएका र बेवारिसे शवलाई सम्मानजनक, सुरक्षित तथा कानुनी रूपमा व्यवस्थापन गरिने जनाएको छ । प्रशासनद्वारा आज जारी सूचनामा भनिएको छ, ‘सम्भावित सङ्क्रमणको जोखिमबाट बच्न बाध्यात्मक विकल्पका रूपमा जिल्ला सुरक्षा समिति चितवनको आजको निर्णयअनुसार ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका– २०८३’ बमोजिम ती शवको जमिनमा व्यवस्थापन गर्ने निर्णय गरेको छ ।’

निर्णयअनुसार सबै शवको डिएनए नमुना सङ्कलन गरी सङ्केत नम्बरका आधारमा अभिलेख राखिनेछ । त्यसपछि आजदेखि भरतपुर महानगरपालिका–१ देवघाटस्थित खुला स्थानमा शव व्यवस्थापन गरिने प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले शोकको यस विषम परिस्थितिमा प्रस्तुत निर्णयलाई सकारात्मक रूपमा लिँदै सहयोग, समन्वय तथा सूचना सम्प्रेषण गरिदिन सम्बन्धित सबैसँग आग्रह गरेको छ । असाधारण परिस्थितिबाट सिर्जित अवस्थाका कारण पीडित परिवारलाई पर्न गएको असुविधाप्रति प्रशासनले क्षमायाचनासमेत गरेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८३, शनिबार  १२ : ०६ बजे

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक

नासाको ‘क्रु–१४ अभियान’मा अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री

अमेरिका– अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि

द्वन्द्व अन्त्य नै विस्थापन समाधानको मुख्य उपाय : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ– संयुक्त राष्ट्रसंघका शरणार्थीसम्बन्धी उच्चायुक्त बारहम सालिहले द्वन्द्व, हिंसा

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न