डीएनए विश्लेषणदेखि शव व्यवस्थापनमा विदेशी सहयोग माग्दै सरकार « Khabarhub

डीएनए विश्लेषणदेखि शव व्यवस्थापनमा विदेशी सहयोग माग्दै सरकार


१३ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारले मित्रराष्ट्रहरूसँग प्राविधिक तथा विशेषज्ञ सहयोग मागेको छ।

परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार उद्धार कार्यसँगै फसेका व्यक्तिको पहिचान र खोजीका लागि आवश्यक अत्याधुनिक प्रविधिको सहयोगसमेत मागिएको छ।

सरकारले विशेषगरी द्रुत डीएनए विश्लेषण, पहिचान तथा शवको दीर्घकालीन व्यवस्थापनका लागि विदेशी सहयोग आवश्यक रहेको जनाएको छ।

शनिबार परराष्ट्र मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा मन्त्री खनालले विपद्को व्यवस्थापनमा मित्रराष्ट्रबाट प्राप्त हुने प्राविधिक सहयोग महत्वपूर्ण हुने बताए।

उनका अनुसार जीवित व्यक्तिको खोजी र उद्धारसँगै घटनापछि उत्पन्न हुने पहिचान तथा शव व्यवस्थापनको चुनौतीलाई सम्बोधन गर्न सरकारले अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्न थालेको हो।

प्रकाशित मिति : १३ भाद्र २०८३, शनिबार  ३ : ४६ बजे

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये