किएभ नजिकै डिपोमा रुसी आक्रमण, कम्तीमा ३७ जनाको मृत्यु « Khabarhub

किएभ नजिकै डिपोमा रुसी आक्रमण, कम्तीमा ३७ जनाको मृत्यु


१३ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किएभ- युक्रेनको राजधानी किएभनजिकै रहेको एक डिपोमा रुसले रातभर ड्रोन आक्रमण गर्दा भएको भीषण विस्फोटमा कम्तीमा ३७ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन्।

किएभको पश्चिमी बाहिरी क्षेत्रमा पर्ने मिला शहरस्थित उक्त डिपोमा ‘विस्फोटक वस्तु’ भण्डारण गरिएको युक्रेनी अभियोजकहरूले बताएका छन्। आक्रमणपछि डिपोमा ठूलो आगलागी हुनुका साथै लगातार विस्फोट भएको र त्यसबाट आसपासका आवासीय क्षेत्रमा समेत क्षति पुगेको जनाइएको छ।

किएभ क्षेत्रका गभर्नर तिमुर त्काचेन्कोले आक्रमणमा छिमेकी नगर दिनित्रिभ्काका उपप्रमुखसहित कम्तीमा ३७ जनाको मृत्यु भएको जानकारी दिएका छन्। उद्धारकर्मी तथा सम्बन्धित सुरक्षा निकायका टोलीले घटनास्थलमा उद्धार तथा राहत कार्य जारी राखेको उनले बताए।

एएफपीका संवाददाताहरूले किएभको पश्चिमी उपनगरमाथि ठूलो कालो धुवाँको मुस्लो देखिएको बताएका छन्। आक्रमणपछि सयौँ मानिसलाई प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले जनाएका छन्।

विस्फोटका कारण आसपासका आवासीय क्षेत्र तथा वृद्ध र अपाङ्गता भएका व्यक्तिहरूको हेरचाह गृहमा समेत क्षति पुगेको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताए।

जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा वस्ती नजिक गोलाबारुद भण्डारण गर्नु गलत भएको उल्लेख गर्दै यसका लागि जिम्मेवार व्यक्तिलाई जवाफदेही बनाउनुपर्ने बताएका छन्।

आपराधिक लापरवाहीबारे अनुसन्धान

युक्रेनी अभियोजकहरूले घटनाबारे आपराधिक अनुसन्धान सुरु गरेका छन्। युक्रेनका महाअभियोजकको कार्यालयका अनुसार स्थानीय समयअनुसार अगस्ट २८ को राति ८ः१० बजे मिला शहरस्थित एक औद्योगिक परिसरमा ड्रोन खसेको वा प्रहार भएको थियो। त्यसपछि परिसरमा ठूलो आगलागी भई विस्फोट सुरु भएको थियो।

अभियोजक कार्यालयले उद्योग परिसरमा विस्फोटक वस्तु तथा सामग्री भण्डारण गर्नु कानुनी थियो वा थिएन भन्ने विषयमा अनुसन्धान केन्द्रित हुने जनाएको छ। साथै, डिपोका नाम नखुलाइएका सञ्चालकसँग आवश्यक अनुमति तथा स्वीकृति भए–नभएकोबारे समेत छानबिन भइरहेको छ।

युक्रेनी प्रधानमन्त्री सर्गीए कोरेत्स्कीले यस घटनालाई यसअघि भएका यस्तै घटनाबाट पाठ नसिकिएको परिणाम भन्दै दुःख व्यक्त गरेका छन्। उनका अनुसार आवासीय भवननजिक गोलाबारुद भण्डारणसम्बन्धी नियम उल्लङ्घन गरेको विषयमा यसअघि पनि अनुसन्धान भएको थियो।

उनले युक्रेनमाथि रुसको पूर्णस्तरीय आक्रमण सुरु भएको पाँचौँ वर्षमा पनि उही गल्ती दोहोरिनु ‘आपराधिक लापरवाही’ भएको बताउँदै घटनाका लागि जिम्मेवार सबैलाई कडा कारबाही हुनुपर्ने माग गरेका छन्।

रुसी आक्रमण तीव्र

रुस र युक्रेनले पछिल्ला महिनाहरूमा एकअर्काविरुद्ध लामो दूरीका हवाई आक्रमण तीव्र बनाएका छन्। सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्णस्तरीय आक्रमण सुरु गरेयता पछिल्लो समय नागरिक हताहती बढ्दै गएको छ।

युक्रेनी वायुसेनाका अनुसार शुक्रबार रातिदेखि शनिबार बिहानसम्म रुसले युक्रेनमाथि कम्तीमा दुईवटा मिसाइल र २६७ वटा ड्रोन प्रहार गरेको थियो।

डिपो सैन्य वा नागरिक प्रयोजनका लागि प्रयोग भइरहेको थियो भन्नेबारे भने युक्रेनी अधिकारीहरूले तत्काल स्पष्ट जानकारी दिएका छैनन्।

प्रकाशित मिति : १३ भाद्र २०८३, शनिबार  ७ : ४९ बजे

रसुवा बाढी : ७,५१४ जनाको उद्धार, ६७५ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

एमबाप्पे बलोन डी’ओरका लागि योग्य : मउरिन्हो

काठमाडाैं – रियल म्याड्रिडका प्रशिक्षक जोसे मउरिन्होले किलियन एमबाप्पे यस

किएभ नजिकै डिपोमा रुसी आक्रमण, कम्तीमा ३७ जनाको मृत्यु

किएभ- युक्रेनको राजधानी किएभनजिकै रहेको एक डिपोमा रुसले रातभर ड्रोन आक्रमण

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा– भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा