त्रिशूली ‘थ्रि–ए’ सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, हावा पठाउन सुरु « Khabarhub

त्रिशूली ‘थ्रि–ए’ सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, हावा पठाउन सुरु


१३ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिशूली ‘थ्रि–ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्यमा महत्वपूर्ण प्रगति भएको छ । सुरुङको माथिल्लो भाग अर्थात् ‘क्राउन’सम्म ड्रिल गरेर सानो प्वाल बनाउन उद्धार टोली सफल भएको गृहमन्त्री सुधन गुरुङले जानकारी दिएका छन्।

गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत सार्वजनिक सूचना जारी गर्दै ड्रिल गरिएको सानो प्वाल सुरुङको ‘क्राउन’सम्म पुगेको र त्यसबाट हावा पठाउन सुरु गरिएको बताएका छन्।

उनका अनुसार अब उक्त स्थानबाट थप खन्ने काम सुरु गरिनेछ । त्यसपछि उद्धार टोलीलाई सुरुङभित्र पठाएर फसेका व्यक्तिहरूको उद्धार गर्ने तयारी गरिएको छ ।

गृहमन्त्री गुरुङले लेखेका छन्, “हामी सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएका छौँ । हामीले उक्त सानो प्वालबाट हावा पठाउन सुरु गरिसकेका छौँ र अब खन्ने काम सुरु गरी उद्धार टोली पनि भित्र पठाउनेछौँ ।”

सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धारका लागि नेपाली सेनासहितका सुरक्षा निकाय निरन्तर परिचालन भइरहेका छन् । कठिन भौगोलिक अवस्था र जोखिमका बीच उद्धार कार्य अघि बढाइएको हो ।

प्रकाशित मिति : १३ भाद्र २०८३, शनिबार  ८ : ५४ बजे

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये