अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै « Khabarhub

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ । आज अर्थ समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

अर्थ समितिको बैठक बिहान साढे ९ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा लगानी बोर्डको कार्यालयबाट सम्पादित हालसम्मका कामकारबाही एवं नेपालमा लगानी परिचालनको अवस्था, समस्या एवं चुनौतीका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई आमन्त्रण गरिएको छ ।

यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो सवा १२ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समितिको सातौँ वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल गर्ने तयारी छ ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ७ : १९ बजे

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

चितवन– चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको