झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट « Khabarhub

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि नुनसम्मका दैनिक उपभोग्य वस्तुमा छुटसहित सुपथ मूल्य पसल मार्फत बिक्री सुरुवात गरिएको छ ।

चाडपर्वका बेला उपभोक्तालाई राहत दिन साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जिरा मसिनो र सोना मन्सुली चामलमा प्रतिकिलो पाँच तथा नुनमा प्रतिकिलो दुई छुट दिएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले चाडपर्वका बेला उपभोक्तालाई राहत पुग्ने गरी सरकारी संस्थानसँग समन्वय गरेर दैनिक उपभोग्य वस्तु सहुलियत दरमा उपलब्ध गराउने व्यवस्था मिलाइएको बताए ।

‘चाडपर्वका बेला उपभोक्तालाई राहत दिन चामल, चिनी र नुनलगायत दैनिक उपभोग्य वस्तु सहुलियत दरमा उपलब्ध गराउने व्यवस्था मिलाएका छौँ,’ उनले भने । जिरा मसिनो चामल ८५ रुपैयाँ र सोना मन्सुली चामल ५७ रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बिर्तामोडस्थित मुख्य शाखा कार्यालयका प्रमुख राजबहादुर राईले जानकारी दिए ।

उनका अनुसार कार्यालयमा हाल सोना मन्सुली चामल दुई हजार ४०३ क्विन्टल, स्टिम जिरा चामल तीन हजार २३३ क्विन्टल र चिनी ४९५ क्विन्टल मौज्दात छ । माग र आवश्यकताका आधारमा थप खाद्यान्न मगाइने उनको भनाइ छ । । त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले जिल्लाका २५ भन्दा बढी विक्रेतामार्फत नुन तथा चिनी उपलब्ध गराउँदै आएको जनाएको छ ।

कार्यालय प्रमुख विष्णुप्रसाद न्यौपानेका अनुसार एथेष्ट नुन मौज्दात रहेको छ । प्रजिअ पोखरेलले चाडपर्वका समयमा बजारमा कृत्रिम अभाव तथा कालोबजारी हुन नदिन बजार अनुगमनलाई समेत प्रभावकारी बनाइने बताए । उनले उपभोक्ता हितविपरीतका गतिविधि भेटिए प्रचलित कानुनबमोजिम कारबाही गरिने जानकारी दिए ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले विर्तामोड, विराटनगर, राजविराज, लहान, जनकपुर, वीरगञ्ज, हेटौँडा, नारायणगढ, त्रिशुली, पोखरा र बाग्लुङमा दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै सुपथ मूल्य पसल सञ्चालन गरेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ८ : ०८ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म