याङयाङ खोलामा नयाँ गोरेटो बाटो निर्माणः स्थानीयलाई राहत « Khabarhub

याङयाङ खोलामा नयाँ गोरेटो बाटो निर्माणः स्थानीयलाई राहत


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

रसुवा– याङयाङ खोलादेखि तुइनसम्मको गोरेटो बाटो मर्मत तथा निर्माणकार्य सम्पन्न भएको छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीस्थित अतिजोखिमयुक्त स्थानमा उक्त निर्माण पूरा गरिएको हो ।  

भोटेकोशी नदीको बाढीले सडक सञ्जाल विच्छेद भएपछि आमाछोदिङ्मो र गोसाइँकुण्ड गाउँपालिकाका विभिन्न वडाका बासिन्दाका लागि तुइन नै आवतजावत र अत्यावश्यक सामग्री ढुवानीको एकमात्र विकल्प बन्दै आएको थियो । 

तर, तुइनसम्म पुग्ने बाटो क्षतविक्षत भई दुर्घटनाको उच्च जोखिम बढेपछि सर्वसाधारणले लामो समयदेखि सास्ती खेप्दै आएका थिए ।

बाढीका कारण गोसाइँकुण्ड गाउँपालिकाका अधिकांश युवा रोजगारीका क्रममा बाहिर रहेको र विस्थापित स्थानीय काठमाडौँस्थित होल्डिङ सेन्टरमा रहेकाले, सम्भावित दुर्घटना रोक्न छिमेकी आमाछोदिङ्मो गाउँपालिकाले अग्रसरता लिएको हो ।

 विपद्को समयमा भ्रातृत्व र सहकार्यको सन्देश दिँदै आमाछोदिङ्मो–५ का वडाध्यक्ष दावागोम्बो तामाङ (राम बहादुर)को नेतृत्वमा श्रमदान अभियान सञ्चालन गरिएको थियो ।

बाटो निर्माणमा आमाछोदिङ्मो गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्थानीय युवा र सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मीले संयुक्त रूपमा श्रमदान गरेका थिए ।

नयाँ बाटो बनेपछि तुइनसम्मको पहुँच सहज हुनुका साथै खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्री ढुवानीमा ठूलो राहत मिलेको वडाध्यक्ष तामाङले बताए । 

बाटो निर्माण भएपछि स्थानीय बासिन्दाले खुसी व्यक्त गर्दै सहयोग पुर्याउने जनप्रतिनिधि, सुरक्षाकर्मी र युवाहरूप्रति आभार व्यक्त गरेका छन् ।
 

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ११ : ३० बजे

नारायणी किनार बाढीले बगरमा परिणत, स्थानीय भन्छन्- यतिठूलो पानी अहिलेसम्म देखेका थिएनौँ

काठमाडौं– असोज ११ गते नारायणी नदीमा आएको बाढीका कारण चितवनको

अमेरिका–इरान सम्झौतामा अझै मतभेद

न्युयोर्क- इरान र अमेरिकाबीच आठौँ महिनामा प्रवेश गरेको द्वन्द्व अन्त्य गर्दै

मार्तडी-कोल्टी सडकखण्ड : तीन महिनापछि खुलाउन  सुरु 

बाजुरा– पूर्वी–उत्तरी क्षेत्र जोड्ने मार्तडी–कोल्टी सडकखण्ड तीन महिनापछि खुलाउने काम

थुनिएको मर्स्याङ्दी नदी खुलाउन थालियो

मनाङ- अविरल वर्षापछि गत आइतबार घट्टेखोलामा लेदोसहितका ढुङ्गा, गिट्टी र बालुवाले

पदाधिकारी पदमुक्तिको कानुनी रिक्तता हटाउन विधेयक ल्याएका हौँ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सार्वजनिक पदाधिकारीको