पदाधिकारी पदमुक्तिको कानुनी रिक्तता हटाउन विधेयक ल्याएका हौँ : मन्त्री गौतम « Khabarhub

पदाधिकारी पदमुक्तिको कानुनी रिक्तता हटाउन विधेयक ल्याएका हौँ : मन्त्री गौतम


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी कानुनी रिक्तता हटाउनका लागि ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ ल्याएको बताएकी छन् ।  

मंगलबार प्रतिनिधिसभा बैठकमा उक्त विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्तावको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी अध्यादेश निष्क्रिय भएपछि कानुनी दफाहरू रिक्त हुने अवस्था सिर्जना भएकाले ती व्यवस्थाहरूलाई पुनः कानुनी रूपमा जगाउनका लागि विधेयक ल्याइएको बताएकी हुन्  । 

सरकारले गरेको नीतिगत निर्णयलाई अगाडि बढाउने क्रममा आवश्यक कानुनी व्यवस्थाहरू संशोधन गर्न पहिला अध्यादेश जारी गरिएको र हाल ती निष्क्रिय भएका दफाहरूलाई निरन्तरता दिनकै लागि मात्र विधेयक प्रस्तुत गरिएको उनले स्पष्ट पारिन् ।

उनले कानुनी रिक्तता हटाएर प्रावधानहरू जगाउनु नै विधेयकको मुख्य उद्देश्य भएको धारणा राखिन् । 

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  १२ : ४६ बजे

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई