पदाधिकारी पदमुक्तिको कानुनी रिक्तता हटाउन विधेयक ल्याएका हौँ : मन्त्री गौतम « Khabarhub

पदाधिकारी पदमुक्तिको कानुनी रिक्तता हटाउन विधेयक ल्याएका हौँ : मन्त्री गौतम


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी कानुनी रिक्तता हटाउनका लागि ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ ल्याएको बताएकी छन् ।  

मंगलबार प्रतिनिधिसभा बैठकमा उक्त विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्तावको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी अध्यादेश निष्क्रिय भएपछि कानुनी दफाहरू रिक्त हुने अवस्था सिर्जना भएकाले ती व्यवस्थाहरूलाई पुनः कानुनी रूपमा जगाउनका लागि विधेयक ल्याइएको बताएकी हुन्  । 

सरकारले गरेको नीतिगत निर्णयलाई अगाडि बढाउने क्रममा आवश्यक कानुनी व्यवस्थाहरू संशोधन गर्न पहिला अध्यादेश जारी गरिएको र हाल ती निष्क्रिय भएका दफाहरूलाई निरन्तरता दिनकै लागि मात्र विधेयक प्रस्तुत गरिएको उनले स्पष्ट पारिन् ।

उनले कानुनी रिक्तता हटाएर प्रावधानहरू जगाउनु नै विधेयकको मुख्य उद्देश्य भएको धारणा राखिन् । 

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  १२ : ४६ बजे

एमालेले भन्यो- सरकारले ६ महिनामा नयाँ परिणाम दिन सकेन, पुरानै व्यवस्था ब्युँताउने विधेयक सदनमा ल्याइए

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकारको ६ महिनाको

ऊर्जा क्षेत्रमा ४० खर्ब लगानी भित्र्याउन कानुनी सुधारको खाँचो

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत असोज २ गते

प्रधानमन्त्रीसँग भारतीय राजदूतको बिदाइ भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ

तस्बिरमा हेर्नुहोस्, बाढीले क्षतविक्षत नारायणी किनार  

चितवन– निरन्तरको वर्षापछि नारायणी नदीमा आएको बाढीले नारायणगढस्थित नदी किनारमा ठूलो

पूर्वसूचनाले घटायो बर्दियामा विपद्को क्षति

बर्दिया–  मौसम पूर्वानुमान महाशाखाले हुनसक्ने सम्भावित बाढी तथा डुबानको समस्याका