‘छत्तीसको आँकडा’ को प्रदर्शन मिति घोषणा « Khabarhub

‘छत्तीसको आँकडा’ को प्रदर्शन मिति घोषणा


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा अभिनेत्री रेखा थापा र निर्देशक सबिर श्रेष्ठको सहकार्य फेरि देखिने भएको छ । उनीहरूको नयाँ फिल्म ‘छत्तीसको आँकडा’ आगामी मङ्सिर २७ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ ।

अभिनेत्री निरुता सिंहको जन्मदिनको अवसर पारेर रेखाकै ‘बीआर क्याफे’मा आयोजित कार्यक्रममा फिल्मको प्रदर्शन मिति सार्वजनिक गरिएको हो । फिल्मको रिलिज मिति घोषणा भएसँगै निर्माण टिमले प्रचार–प्रसारलाई पनि अघि बढाउने तयारी गरेको छ ।

रेखा फिल्मस् र काइट्स इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्मलाई सबिर श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्ममा रेखा थापासँगै पूजा शर्मा, महेश त्रिपाठी, पुष्प खड्का र निरुता सिंह मुख्य भूमिकामा छन् ।

फिल्ममा रेखाको जोडीका रूपमा महेश त्रिपाठी देखिँदैछन् भने पूजा शर्मासँग पुष्प खड्काको जोडी प्रस्तुत हुनेछ । विशेषगरी रेखा र पूजाको पुनः सहकार्यलाई फिल्मको एउटा चासोको विषयका रूपमा हेरिएको छ। यी दुईले यसअघि ‘उपहार’मा सँगै काम गरेका थिए।

रेखा र निर्देशक सबिर श्रेष्ठको सहकार्य भने लामो समयदेखिको हो। यी दुईले ‘कसले चोर्‍यो मेरो मन’, ‘इशारा’, ‘काली’, ‘तथास्तु’ र ‘रामप्यारी’ लगायतका फिल्ममा सहकार्य गरिसकेका छन्।

फिल्मको नेपालभर वितरणको जिम्मेवारी आरआर फिल्म्सले लिएको छ। रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्ने ‘छत्तीसको आँकडा’ले मङ्सिर २७ गतेबाट दर्शकमाझ आफ्नो कथा प्रस्तुत गर्नेछ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ३ : २१ बजे

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ