‘छत्तीसको आँकडा’ को प्रदर्शन मिति घोषणा « Khabarhub

‘छत्तीसको आँकडा’ को प्रदर्शन मिति घोषणा


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा अभिनेत्री रेखा थापा र निर्देशक सबिर श्रेष्ठको सहकार्य फेरि देखिने भएको छ । उनीहरूको नयाँ फिल्म ‘छत्तीसको आँकडा’ आगामी मङ्सिर २७ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ ।

अभिनेत्री निरुता सिंहको जन्मदिनको अवसर पारेर रेखाकै ‘बीआर क्याफे’मा आयोजित कार्यक्रममा फिल्मको प्रदर्शन मिति सार्वजनिक गरिएको हो । फिल्मको रिलिज मिति घोषणा भएसँगै निर्माण टिमले प्रचार–प्रसारलाई पनि अघि बढाउने तयारी गरेको छ ।

रेखा फिल्मस् र काइट्स इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्मलाई सबिर श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्ममा रेखा थापासँगै पूजा शर्मा, महेश त्रिपाठी, पुष्प खड्का र निरुता सिंह मुख्य भूमिकामा छन् ।

फिल्ममा रेखाको जोडीका रूपमा महेश त्रिपाठी देखिँदैछन् भने पूजा शर्मासँग पुष्प खड्काको जोडी प्रस्तुत हुनेछ । विशेषगरी रेखा र पूजाको पुनः सहकार्यलाई फिल्मको एउटा चासोको विषयका रूपमा हेरिएको छ। यी दुईले यसअघि ‘उपहार’मा सँगै काम गरेका थिए।

रेखा र निर्देशक सबिर श्रेष्ठको सहकार्य भने लामो समयदेखिको हो। यी दुईले ‘कसले चोर्‍यो मेरो मन’, ‘इशारा’, ‘काली’, ‘तथास्तु’ र ‘रामप्यारी’ लगायतका फिल्ममा सहकार्य गरिसकेका छन्।

फिल्मको नेपालभर वितरणको जिम्मेवारी आरआर फिल्म्सले लिएको छ। रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्ने ‘छत्तीसको आँकडा’ले मङ्सिर २७ गतेबाट दर्शकमाझ आफ्नो कथा प्रस्तुत गर्नेछ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ३ : २१ बजे

सरकारले स्वास्थ्य सुधारका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७

बाढी प्रभावित प्रहरीका सन्ततिलाई निःशुल्क स्नातकोत्तर तहसम्मको शिक्षा

काठमाडौं– नेपाल प्रहरीले कर्तव्यपालनको सिलसिलामा भोटेकोशी बाढीबाट प्रभावित २८ जना

म्यान्माको हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

याङ्गुन – पश्चिम म्यान्माको राखाइन राज्यमा सेनाले गरेको हवाई आक्रमणमा

चोलेन्द्र पक्राउबारे सरकारका प्रवक्ता भन्छन्- सुरक्षित स्थानमा सारिएको हो

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउबारे सरकारका प्रवक्ता सस्मित पोखरेलले

सयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औँ सत्रको बहस सोमबार सम्पन्न भएको