राइनासका तत्कालीन १० कर्मचारी-जनप्रतिनिधिविरुद्ध भ्रष्टाचार मुद्दा « Khabarhub

राइनासका तत्कालीन १० कर्मचारी-जनप्रतिनिधिविरुद्ध भ्रष्टाचार मुद्दा


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङको राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७६/७७ मा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट प्राप्त सशर्त अनुदान रकममध्ये १६ लाख ७२ हजार तोकिएको कार्यक्रम सञ्चालन नगरी हिनामिना तथा हानिनोक्सानी गरेको आरोपमा बुधबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो।

आयोगले मिलेमतो गरी सरकारी रकम हिनामिना गरेको आरोपमा तत्कालीन रोजगार संयोजक न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अधिकारी, तत्कालीन लेखापाल नवीनकुमार बराल, वडा नं. १ का तत्कालीन वडाध्यक्ष रमेश न्यौपाने, वडा नं. ३ का तत्कालीन वडा सदस्य ओजराज पौडेल, वडा नं. ४ का तत्कालीन वडाध्यक्ष जैमान गुरुङ, वडा नं. ५ का तत्कालीन वडाध्यक्ष नन्दबहादुर कुमाल, वडा नं. ६ का तत्कालीन वडाध्यक्ष रूकबहादुर तामाङ गुरुङ, वडा नं. ८ का तत्कालीन वडाध्यक्ष कृष्णप्रसाद लामिछाने र वडा नं. ७ का तत्कालीन वडाध्यक्ष माधवप्रसाद पराजुलीलाई प्रतिवादी बनाएको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा फरकफरक बिगो कायम गरी कैद सजाय, बिगोबमोजिम जरिवाना तथा बिगो असुलउपर गर्न मागदाबी गरिएको छ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ५ : ०४ बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन

कास्कीमा कांग्रेस महाधिवेशनको रौनक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर–३

किसान सूचीकरणमा तीन लाख किसान थपिए

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको पहलपछि पछिल्लो समय

प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी

लन्डन- बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले मङ्गलबार आफ्नो लेबर पार्टीको वार्षिक

पत्रकारले प्रेस काउन्सिलका अध्यक्षलाई ‘झ्यालबाट टिपेर फालिदिन्छु’ भनेपछि…

काठमाडौं– प्रेस काउन्सिल नेपालले काउन्सिलका अध्यक्षलाई कार्यकक्षमै धम्कीपूर्ण अभिव्यक्ति दिइएको