टी–२० सिरिजमा गण्डकीको विजयी सुरुवात « Khabarhub

टी–२० सिरिजमा गण्डकीको विजयी सुरुवात


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल भ्रमणमा आएको भुटानको राष्ट्रिय क्रिकेट टिम, गण्डकी प्रादेशिक क्रिकेट टिम र क्यान-११ बीचको मैत्रीपूर्ण टी-२० क्रिकेट श्रृंखला मंगलबारदेखि पोखरामा सुरु भएको छ ।  

नेपाल क्रिकेट संघ तथा गण्डकी प्रादेशिक क्रिकेट संघको आयोजनामा शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेशले बिजयी सुरुवात गरेको छ । 

भुटानी क्रिकेट टोलीविरुद्धको खेलमा गण्डकी प्रदेशले ८ विकेटको शानदार जित निकालेको हो । पोखरा रंगशाला क्रिकेट खेल मैदानमा भएको खेलमा भुटानले दिएको ९७ रनको लक्ष्य घरेलु टोली गण्डकी प्रदेशले ११ ओभरमै २ विकेट गुमाएर पूरा गरेको हो ।

गण्डकीको जितमा ईश्वर क्षेत्रीले अविजित ३४ रनको महत्वपूर्ण पारी खेले । दीपकप्रसाद डुम्रे २६ रनमा अविजित रहे । अर्जुन कुमालले २२ रन बनाए भने सिब्रिन श्रेष्ठले १० रन जोडे । भुटानका लागि सोनाम येशेले १ तथा नामगे थिन्लेले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले बलिङ रोजेको गण्डकी प्रदेशका बलरसामु भुटान १९.३ ओभरमा ९६ रनमै अलआउट भएको थियो । भुटानका सोनाम चोपेलले सर्वाधिक २७ रन बनाए ।

रन्जुङ मिक्यो दोर्जीले २७ रन तथा नामगे थिन्लेले १६ रन बनाए ।

गण्डकीका बलर सुभाष भण्डारीले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए । अपराजित पौडेलले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिए ।  विपिन खत्रीले १ तथा सुदीप आर्याल र सिब्रिन श्रेष्ठले समान १ विकेट लिए ।

भुटानी राष्ट्रिय टोली र गण्डकी बीचको दोस्रो खेल बुधबार तय भएको छ । भुटानी राष्ट्रिय टोलीले चार वटा खेल खेल्ने छ ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ६ : ३२ बजे

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु

छ दिनदेखि कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र