किसान सूचीकरणमा तीन लाख किसान थपिए « Khabarhub

किसान सूचीकरणमा तीन लाख किसान थपिए


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको पहलपछि पछिल्लो समय किसान सूचीकरण अभियानले गति लिएको छ । उनले किसान सूचीकरणलाई अनिवार्य रूपमा कार्यान्वयन गर्न आग्रह गर्दै आएपछि करिब तीन लाख किसान सूचीकरण प्रणालीमा दर्ता भएका छन् ।

हालसम्म देशभर जम्मा २६ लाख ७९ हजार किसान सूचीकरण प्रणालीमा सूचीकृत भएका छन् । किसानको वास्तविक पहिचान सुनिश्चित गर्दै कृषि क्षेत्रका कार्यक्रमलाई तथ्यांकमा आधारित बनाउन सूचीकरणलाई प्राथमिकतामा राखिएको मन्त्रालयले आज जनाएको छ । 

मन्त्रालयले आफ्नो मातहतका सम्पूर्ण कार्यालय, निकाय तथा आयोजनालाई कृषि कार्यक्रम सञ्चालन गर्दा सम्बन्धित लाभग्राही किसानको किसान सूचीकरण दर्ता नम्बर अनिवार्य रूपमा प्रयोग गर्न र गराउन निर्देशन दिएको छ ।

किसान सूचीकरणमार्फत वास्तविक किसानको पहिचान, तथ्याङ्कमा आधारित कृषि योजना तर्जुमा तथा राज्यबाट उपलब्ध गराइने सेवा-सुविधामा पारदर्शिता र सुशासन अभिवृद्धि गर्ने उद्देश्य राखिएको मन्त्रालयको भनाइ छ ।

सरकारी कृषि कार्यक्रमअन्तर्गत प्रदान गरिने अनुदान, मल वितरण सेवा तथा अन्य कृषि सुविधामा वास्तविक किसानको पहुँच सुनिश्चित गर्न किसान सूचीकरण प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले किसान सूचीकरणलाई कृषि सेवा तथा सुविधासँग जोड्दै आगामी दिनमा प्रणालीलाई थप प्रभावकारी बनाउने जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ७ : ०० बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म