भारतमा कसरी रोकिँदैछ समुद्री कटान ?  « Khabarhub

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै गएको भारतको दक्षिणी तटस्थित करियाचल्ली टापुलाई जोगाउन कृत्रिम चट्टान, प्रत्यारोपित कोरल र समुद्री घाँसको सहारा लिइएको छ । समुद्री कटानको गति कम गर्दै टापु तथा मुख्य भूमिलाई बढ्दो समुद्री सतहबाट जोगाउने उद्देश्यले संरक्षण अभियान सञ्चालन गरिएको हो ।

दक्षिणी तमिलनाडु राज्यका २१ टापुको शृङ्खलामा रहेको करियाचल्लीले पछिल्लो आधा शताब्दीमा ८० प्रतिशतभन्दा बढी भूभाग गुमाइसकेको छ । सरकारी अनुमानअनुसार सन् १९६९ मा २० दशमलव ८५ हेक्टर रहेको टापुको क्षेत्रफल गत वर्ष तीन दशमलव १४ हेक्टरमा सीमित भएको थियो ।

समुद्री कटान नियन्त्रण नभए सन् २०३६ सम्ममा टापु पूर्ण रूपमा समुद्रमा विलीन हुन सक्ने अनुमान छ । वरिष्ठ राज्य अधिकारी सुप्रिया साहूले प्राकृतिक प्रतिरोधी क्षमता कमजोर भए आँधीबेहरी, चक्रवात, समुद्री सतह वृद्धि र समुद्री कटानको जोखिम बढ्ने बताए।

मन्नारको खाडीका कोरल चट्टान, समुद्री घाँस र साना टापुले समुद्री छालको प्रभाव सोस्दै प्राकृतिक अवरोधको काम गर्ने समुद्री वैज्ञानिकहरूको भनाइ छ । यही क्षेत्रमा दशकौँदेखि मानवीय गतिविधि, प्रदूषण, अत्यधिक माछा मार्ने कार्य र समुद्रको तापक्रम वृद्धिका कारण कोरल चट्टान कमजोर हुँदै आएका छन् । करियाचल्ली वरपरको कोरल चट्टानको क्षेत्रफल सन् २००५ मा करिब ५०० हेक्टर रहेकामा सन् २०२१ मा १९७ हेक्टरमा झरेको थियो ।

करिब ४७ लाख ९० हजार अमेरिकी डलरको संरक्षण कार्यक्रमअन्तर्गत करियाचल्ली वरपर आठ हजार पाँच सय कृत्रिम चट्टान संरचना राखिँदै छन् । समुद्री सतह, धार र लहरको अध्ययनका आधारमा तयार गरिएका यी संरचनाले छालको शक्ति कम गर्नुका साथै कोरल वृद्धि हुने नयाँ आधार उपलब्ध गराउने अपेक्षा गरिएको छ । समुद्री घाँसले माटो तथा बालुवा स्थिर राख्नुका साथै समुद्री जीवका लागि प्रजनन तथा हुर्कने क्षेत्र उपलब्ध गराउँछ ।

तर समुद्रको तापक्रम बढ्दा कोरल पुनःस्थापनामा चुनौती थपिएको छ । सन् २०२४ मा यस क्षेत्रमा भएको गम्भीर कोरल ब्लिचिङबाट ठूलो सङ्ख्यामा कोरल मरेका थिए । वैज्ञानिकहरूले भविष्यका सामुिद्रक गर्मीका लहर सहन सक्ने ताप प्रतिरोधी कोरल प्रजातिको खोजीसमेत गरिरहेका छन् ।

मन्नारको खाडीका अन्य टापुमा भने पुनःस्थापनाबाट उत्साहजनक परिणाम देखिएका छन् । भान टापुमा करिब १० हजार कृत्रिम चट्टान संरचना राखिएपछि गुमेको केही भूभाग पुनःप्राप्त गर्न सहयोग पुगेको छ । सिङ्गल टापुमा प्रत्यारोपित कोरलले पनि सन् २०२४ को ब्लिचिङको प्रभाव पुराना कोरलको तुलनामा राम्रोसँग सहेको थियो ।

वन्यजन्तु वार्डन अखिल थम्पीले भान टापुको पुनःस्थापनाको परिणाम उत्साहजनक रहेकाले करियाचल्लीमा पनि त्यस्तै प्रयास अघि बढाइएको बताए।

समुद्री घाँस संरक्षणमा संलग्न २९ वर्षीया मार्टिनाले समुद्री घाँस बढ्दा माछाको प्रजनन र समुद्री पारिस्थितिक प्रणाली संरक्षणसँगै स्थानीय बासिन्दाको जीविकोपार्जनमा सुधार आउने बताए।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  १० : २२ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले