लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ « Khabarhub

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी सवारीसाधन चलाउने तीन चालकलाई नियन्त्रणमा लिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको गेट अगाडि आज गरिएको लापसे चेकिङका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा एक मिनी ट्रक चालक, एक पिकअप चालक र एक विद्युतीय (इभी) हाइस चालक छन् । उनीहरूलाई लागुऔषध सेवन गरी सवारी चलाइरहेको अवस्थामा फेला पारिएको कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीको सहयोगमा उपत्यका ट्राफिक प्रहरी कार्यालय, प्रहरी वृत्त कीर्तिपुर, ट्राफिक प्रहरी प्रभाग कीर्तिपुर र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले आवश्यक ‘चेकिङ’ गरेको थियो ।

नियन्त्रणमा लिइएका तीनै चालकलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त कीर्तिपुर पठाइएको ट्राफिक प्रहरीले जनाएको छ । प्रवक्ता सुवेदीले लागुऔषध सेवन गरी सवारीसाधन चलाउनु नियमविपरीत र दण्डनीय कार्य भएकाले चालकलाई सचेत रहन आग्रह गरे।

उनले चालकले लागुऔषध वा मादक पदार्थ सेवन गरेको शङ्का लागेमा नजिकको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रुमको हटलाइन १०३ वा प्रहरीको हटलाइन १०० मा खबर गर्न आग्रह गरे ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  १० : ४६ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले