उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना « Khabarhub

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर रहेको भन्दै वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित ‘स्विट मार्ट फुड प्रालि’ उद्योगलाई रु दई लाख जरिवाना गरेको छ ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालको उजुरीका आधारमा जिप्रकाले गरेको संयुक्त बजार अनुगमनका क्रममा उत्पादन स्थलको सरसफाइ तथा फोहर व्यवस्थापनको अवस्था कमजोर रहेको पाएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाको नेतृत्वमा उद्योगमा गरिएको अनुगमनका उद्योगको उत्पादन स्थल तथा आसपासको क्षेत्रमा सरसफाइ कमजोर रहेको र फोहर व्यवस्थापनमा समेत लापरबाही देखिएको छ । अनुगमनपछि उद्योगलाई उत्पादनस्थल र आसपासको क्षेत्रको सरसफाइ सुधार गरी १० दिनभित्र जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न निर्देशनसमेत दिइएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  १० : ५२ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले