तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा « Khabarhub

तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा


१२ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनमा हुँदै आएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा तथा सीप परीक्षा बन्द हुँदा चितवनसहित आसपासका जिल्लाबाट सेवा लिन आउनेहरू मर्कामा परेका छन् । सर्वोच्च अदालतको आदेशले गत साउन १० गतेदेखि लिखित तथा प्रयोगात्मक परीक्षा रोकिँदा यहाँबाट सेवा लिने सेवाग्राही समस्यामा परेका हुन् ।

यातायात व्यवस्था कार्यालय भरतपुरका सूचना अधिकारी गोविन्द पौडेलका अनुसार अदालतले यहाँको एक निजी ट्रायल सेन्टरमा हुँदै आएको सेवामा रोक लगाएपछि लिखित परीक्षा तथा सीप परीक्षा बन्द भएको हो । परीक्षा रोकिँदा पुनःसीप परीक्षा (रि–ट्रायल) दिने ८०० जनाको परीक्षासमेत रोकिएको छ ।

यस्तै, साप्ताहिक रूपमा रि–ट्रायल दिने र नियमित परीक्षा दिने करिब दुई हजार सेवाग्राही मर्कामा परेका हुन् । उनका अनुसार सो सेन्टरमा गरिएको ठेक्का रद्दगरी पुनः ठेक्का प्रक्रिया सुरु गर्न अदालतले आदेश दिएपछि परीक्षा रोकिएको हो । मन्त्रालयबाट कुनै निर्देशन नआएका कारण बोलपत्र आह्वान गर्न नसकिएको उनले जानकारी दिए । उनले भने, ‘मन्त्रालयबाट कुनै परिपत्र नआएका कारण सवारी चालक अनुमतिपत्रको काम गर्न सकिएको छैन ।’

अहिले कार्यालयले सवारी चालक अनुमतिपत्र, सवारी धनी प्रमाणपत्र, रुट परमिटलगायत कामबाहेक अन्य काम गर्न सकेको छैन । यहाँ ट्रायल सेन्टर सञ्चालनमा हुँदा एकपटकमा ४०० जना नयाँ तथा पुराना सेवाग्राहीले सवारी चालक अनुमतिपत्रको लिखित तथा सीप परीक्षा दिने गर्दथे ।

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  १० : ४९ बजे

धान खरिदमा ढिलाइ हुँदा किसान समस्यामा

कञ्चनपुर – कञ्चनपुरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले

स्थानीय तहको निर्वाचन समयमै हुनुपर्छ : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले स्थानीय तहलाई जनप्रतिनिधिविहीन

फोहर बिक्रीबाट आम्दानी गर्दै भद्रपुर अस्पताल

झापा – अस्पतालबाट निस्कने फोहरमैला व्यवस्थापन चुनौतीका रूपमा देखिइरहेका बेला

पाकिस्तानविरुद्ध नेपाल ७२ रनमा अलआउट, राइजिङ स्टार्स एसियाबाट बाहिरियो

काठमाडौं – नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह

बाल–नाटक महोत्सवका लागि आलेख आह्वान

काठमाडौं – शैली थिएटरले १८औँ राष्ट्रिय बाल–नाटक महोत्सवका लागि नाटकको