आधुनिकतासँगै हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन « Khabarhub

आधुनिकतासँगै हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन


१२ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

भोजपुर– आधुनिक सामग्रीको प्रयोग बढ्दै गएपछि भोजपुरका गाउँघरमा परम्परागत काठका सामग्री प्रयोग गर्ने चलन हराउँदै जान थालेको छ । विगतमा दूध, दही तथा घीउ राख्न प्रयोग गरिने काठका ठेकी, हर्पे, दुदेरालगायत सामग्री गाउँघरमा अनिवार्य रूपमा प्रयोग हुने गरेको थियो ।

पछिल्लो समय आधुनिक भाँडाकुँडाको प्रयोग बढेसँगै यस्ता सामग्री चलन हट्दै भएको हो । पहिले गाउँघरमा आवश्यक पर्ने काठका सामग्री स्थानीयस्तरमै उत्पादन गर्ने चलन थियो ।

विशेषगरी पशुपालन गर्ने परिवारमा दूध तथा दुग्धजन्य पदार्थ राख्न काठका ठेकी, हर्पे र दुदेरा उपलब्ध हुन्थे । ती सामग्री घरायसी प्रयोजनका साधन मात्र नभई गाउँघरको परम्परागत जीवनशैली र मौलिक सीपका उदाहरण थिए । अहिले यी सामग्री बनाउने सँगै प्रयोग गर्ने चलन हराउँदै भएको छ ।

टेम्केमैयुङ गाउँपालिका–५ का स्थानीय रामबहादुर विष्ट काठका परम्परागत सामग्री बनाउने चलन पछिल्लो समय घट्दै गएको बताउँछन् । बजारमा प्लास्टिक, धातु तथा अन्य आधुनिक सामग्री सहजै उपलब्ध हुन थालेपछि काठका सामग्रीको प्रयोग कम भएको उनको भनाइ छ । प्रयोग घटेसँगै यस्ता सामग्री बनाउने सीप र त्यसमा आधारित परम्परा पनि लोप हुने अवस्थामा पुगेको उनले बताए ।

समयसँगै मानिसको जीवनशैली, घरायसी आवश्यकता र बजारको पहुँचमा आएको परिवर्तनले काठका सामग्रीको प्रयोगमा प्रभाव पारेको स्थानीय पदमबहादुर बस्नेतले जानकारी दिए । पहिले स्थानीय स्रोतसाधनबाट निर्माण गरिने यस्ता सामग्री अहिले बजारमा उपलब्ध विकल्पबाट प्रतिस्थापित हुँदै गएको उनको भनाइ छ । यसले दैनिक जीवनलाई सहज बनाए पनि पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको परम्परागत सीपको निरन्तरतामा चुनौती थपेको छ ।

काठका सामग्री निर्माण गर्न काठको छनौट र त्यसलाई आवश्यक उपयुक्त आकार दिन सीप आवश्यक पर्छ । यस्ता सीप अभ्यास र अनुभवबाट पुस्तान्तरण हुँदै आएका हुन् । नयाँ पुस्ताको आकर्षण अन्य पेसा तथा आधुनिक जीवनशैलीतर्फ बढ्दै जाँदा परम्परागत सामग्री निर्माणमा संलग्न हुने क्रम घट्दै गएको छ ।

स्थानीय स्रोतसाधनको उपयोग, परम्परागत सीप र गाउँघरको मौलिक पहिचानसँग जोडिएका काठका सामग्रीको संरक्षणमा ध्यान दिनुपर्ने आवश्यकता देखिएको स्थानीयको भनाइ छ । परम्परागत सामग्रीको प्रयोग र निर्माणलाई प्रोत्साहन गर्न सके स्थानीय सीपको संरक्षणसँगै पुरानो जीवनशैली र सांस्कृतिक पहिचानलाई जोगाउन सकिने स्थानीय जानकारको भनाइ छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  ११ : ०१ बजे

क्षेप्यास्त्र उत्पादनमा अमेरिका–जापान सहकार्य

काठमाडौँ – अमेरिका र जापानले उन्नत मध्यम दूरीका हावाबाट हावामा प्रहार

टेम्केमैयुङका स्थानीयलाई विद्युतीय चुलो वितरण

भोजपुर– ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जाको प्रयोग बढाउँदै परम्परागत खाना पकाउने

मस्तिष्कघातबाट ५० हजारभन्दा बढी प्रभावित

काठमाडौँ– मुलुकमा प्रत्येक वर्ष मस्तिष्कघातबाट ५० हजारभन्दा बढी मानिस प्रभावित

जनकपुरविरुद्ध काठमाडौंले जित्यो टस

काठमाडौं– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत जनकपुर

हराभरा प्रकृति समृद्धिको आधार

संघीय राजधानी काठमाडौँको आँगनमै उभिएर पनि प्रकृतिको शीतलता, संस्कृतिको मौलिकता,